विश्व स्वास्थ्य संगठनले कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुन् सक्ने चेतवानी दिएको छ। संगठनले कोरोनासँग लड्न एन्टीबायोटिकको ज्यादा प्रयोग गर्नाले भविष्यमा निकै खतरनाक हुने अनुमान गरेको छ।
संगठनकाअनुसार एन्टीबायोटिकको ज्यादा प्रयोगले ब्याक्टेरियालाई झनै बलियो बनाउँदै छ जसकारण यसबाट हुने रोगले विकरालरुप देखिनुको साथै संक्रमितको मृत्यु समेत हुने खतरा रहन्छ।
गएको सोमबार एक अन्तर्राष्ट्रिय संचार माध्यमसँगको कुराकानीमा संगठनका निर्देशक टेड्रोस एडहोनम गीब्रिएयसुसले भने, ‘जुन औषधीबाट पैदा हुने ब्याक्टेरियाबाट पैदा हुने रोगहरुको उपचार गरिन्छ उनीहरुमा ब्याक्टेरियाको प्रतिरोधक शक्ति बढ्दै गइरहेको छ।’
उनकाअनुसार कोभिड-१९ को महामारीको कारण एन्टिबायोटिक्सको प्रयोग बढ्दो छ र यसको परिणाम भने विस्तारै-विस्तारै ब्याक्टेरिया झनै शक्तिशाली हुँदै जानेछन।
ब्याक्टेरियाबाट टिभी र निमोनिया पनि हुनसक्छ
सबै ब्याक्टेरियाले हानी गर्दैन तर रोग पैदा गर्ने ब्याक्टेरियामा केहि विषालु तत्व हुने गर्छ जसले एन्ड़ोटोक्सिन र एक्सोटोक्सिन भन्ने गरिन्छ। यसबाट हुने प्रमख रोगहरुमा ब्याक्टेरियल मेनिनजाइटिस,टिभी र कोलेरा हुन्। यो रोगहरुबाट हरेक बर्ष हजारौको मृत्यु हुने गर्छ।
-एजेन्सी