२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविश्वरसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला

रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला


रसियामा ओमिक्रोनको नयाँ सब-भेरियन्ट फेला परेको छ। जुन अन्य भेरियन्टभन्दा छिटो फैलिन्छ। बीए.४ अहिलेसम्म फेला परेको अमिक्रोनको सब-भेरियन्ट भन्दा खतरनाक भएको रुसको स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीले जानकारी दिएका हुन् ।

रोस्पोट्रेबनाडजोरस्थित सेन्ट्रल रिसर्च इन्स्टिच्युट फर इपिडिमियोलोजीका जीनोम अनुसन्धान प्रमुख कामिल खाफेइजोभका अनुसार दुईवटा राष्ट्रिय प्रयोगशालाहरूले बीए.४ सबलाइनको भाइरल जीनोम पत्ता लगाएका छन्।

यसअघि मे महिनामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले ओमिक्रोनको बी.ए४ र बी.ए५ उप-भ्यरियन्ट कम खोप दर भएका देशहरूमा हुने सम्भावना बढी रहेको चेतावनी दिएका थिए।

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ