गृहपृष्ठ ∕ समाचार ∕ महामारी आए निजी अस्पताल पनि सरकारले संचालन गर्ने महामारी आए निजी अस्पताल पनि सरकारले संचालन गर्ने हेल्थ आवाज शुक्रबार, २०७७ जेठ १६ गते, ११:२४ मा प्रकाशित काठमाडौं—महामारीको समयमा सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्थालाई उपयोग गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा सो कुरा समेटिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिवार संसदमा प्रस्ताव गरेको बजेट वक्तव्यमा महामारीको समयमा निजी क्षेत्रका स्वास्थ्य संस्था सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको बताए । साथै निजी अस्पतालले जिल्ला र स्थानीय तहमा अनिवार्य रुपमा विशेषज्ञ सेवा उपलब्ध गराने व्यवस्था गरेको पनि उनले संसदमा जानकारी गराए । ‘निजी अस्पतालले दिइरहेको सेवालाई प्रभावकारी रुपमा अनुगमन गर्दै विपद् र महामारीको समयमा निजी क्षेत्रका स्वास्थ्य संस्थालाई सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको छु,’ डा. खतिवडाले भने ‘निजी क्षेत्रबाट सञ्चालित अस्पतालका चिकित्सकले जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाएको छु ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ नियन्त्रण तयारीको ढाँचा बनाउँदा मासिक १० हजार बढी संक्रमित भएपछि निजी अस्पतालहरुलाई उपयोग गर्ने गरी निर्देशिका तयार गरेको छ । मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख समेत रहेका कोभिड— १९ इन्सिडेन्ट कमाण्ड सिस्टमका कोर्डिनेटर डा. गुणराज लोहनीका अनुसार भोलि सरकारी स्वास्थ्य संस्थाले नधानेको अवस्थामा निजी अस्पताललाई सरकारले उपचार प्रयोजनका लागि लिएर त्यहाँबाट सेवा दिने बताउँछन् । ‘भोलि संख्या थपिएर सरकारी अस्पतालले नभ्याउने अवस्था आए निजी अस्पताल लिएर सकारकारले त्यहाँबाट पनि सेवा दिन्छ,’ उनी भन्छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा… पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्युरो जाँदैं नेपाल मेडिकल… स्वास्थ्यका नियांमक परिषद्हरु, गंगालाल र स्वास्थ्य बीमा बोर्डको पदाधिकारीमा क-कसले… धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन देशभर थप २६७६ जना कोभिड-१९ पुष्टि, ३३ को मृत्यु घरघरमै मोबाइल दन्त उपचार मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन देशभर थप २६७६ जना कोभिड-१९ पुष्टि, ३३ को मृत्यु घरघरमै मोबाइल दन्त उपचार मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ