गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीमा संक्रमितको संख्या ५४ पुग्यो, आइसोलेसन बेडको अभावका कारण क्वारेन्टाइनमै बस्न बाध्य संक्रमित सप्तरीमा संक्रमितको संख्या ५४ पुग्यो, आइसोलेसन बेडको अभावका कारण क्वारेन्टाइनमै बस्न बाध्य संक्रमित हेल्थ आवाज आईतबार, २०७७ जेठ १८ गते, १७:४७ मा प्रकाशित जनकपुर – एकपछि अर्को संक्रमित फेला परिरहेको सप्तरीमा आइतबार १२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने प्रदेश नम्बर २ मा संक्रमितको संख्या ६ सय २४ पुगेको छ । पछिल्लोपटक आइतबार थपिएका १२ जना सबै भारतबाट फर्केका पुरुष हुन् । सप्तरीको राजगढ गाउँपालिकाको विभिन्न वडा घर भएका उनीहरु ९ दिन अघिमात्र भारतबाट घर फर्केका हुन् । उनीहरुलाई सोही गाउँपालिकास्थित एक विद्यालयको क्वारेन्टाइन केन्द्रमा राखी स्वाब संकलन गरि परीक्षणका लागि तीन दिन अघि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । आइतबार दिउँसो प्राप्त रिपोर्टले उनीहरुमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । आइसोलेसन बेडको अभावका कारण संक्रमित सबैलाई अहिले सोही गाउँपालिकाको क्वारेन्टाइन केन्द्रमा छुट्टै कोठामा राखिएको उनले बताए । गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन बेडको अभाव भएकाले लामो समयदेखी बन्द रहेको यहाँस्थित साई कृष्ण मेडिकल कलेजमा ५७ बेडको थप आइसोलेशन कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले संक्रमण पुष्टि भई क्वारेन्टाइनमै बसिरहेका संक्रमितहरुलाई आइतबारै रातीसम्म ल्याई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको जानकारी दिएका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य