गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीमा संक्रमितको संख्या ५४ पुग्यो, आइसोलेसन बेडको अभावका कारण क्वारेन्टाइनमै बस्न बाध्य संक्रमित सप्तरीमा संक्रमितको संख्या ५४ पुग्यो, आइसोलेसन बेडको अभावका कारण क्वारेन्टाइनमै बस्न बाध्य संक्रमित हेल्थ आवाज आईतबार, २०७७ जेठ १८ गते, १७:४७ मा प्रकाशित जनकपुर – एकपछि अर्को संक्रमित फेला परिरहेको सप्तरीमा आइतबार १२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने प्रदेश नम्बर २ मा संक्रमितको संख्या ६ सय २४ पुगेको छ । पछिल्लोपटक आइतबार थपिएका १२ जना सबै भारतबाट फर्केका पुरुष हुन् । सप्तरीको राजगढ गाउँपालिकाको विभिन्न वडा घर भएका उनीहरु ९ दिन अघिमात्र भारतबाट घर फर्केका हुन् । उनीहरुलाई सोही गाउँपालिकास्थित एक विद्यालयको क्वारेन्टाइन केन्द्रमा राखी स्वाब संकलन गरि परीक्षणका लागि तीन दिन अघि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । आइतबार दिउँसो प्राप्त रिपोर्टले उनीहरुमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । आइसोलेसन बेडको अभावका कारण संक्रमित सबैलाई अहिले सोही गाउँपालिकाको क्वारेन्टाइन केन्द्रमा छुट्टै कोठामा राखिएको उनले बताए । गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन बेडको अभाव भएकाले लामो समयदेखी बन्द रहेको यहाँस्थित साई कृष्ण मेडिकल कलेजमा ५७ बेडको थप आइसोलेशन कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले संक्रमण पुष्टि भई क्वारेन्टाइनमै बसिरहेका संक्रमितहरुलाई आइतबारै रातीसम्म ल्याई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको जानकारी दिएका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना