२०८३ साउन १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’

नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’

‘ढुंगा र हेलमेटले कुटपिट गरेँ’


काठमाडौं—वीरगन्जको सबैभन्दा ठूलो सरकारी अस्पताल नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि एक जना चिकित्सक गम्भीर कुटपिटमा परेका छन् । शनिबार विहान वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो ।

चिकित्सकको टोलीले तत्काल आवश्यक उपचार उपलब्ध गराउँदा–गराउँदै पनि कार्डियाक अरेष्टका कारण ती बिरामीको मृत्यु भएपछि आक्रोशित भिडले डा. प्रमोद रामलाई गम्भीर कुटपिट गरेको छ । कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोदको हाल अस्पतालको आईसीयुमा उपचार भइरहेको छ ।

डा. प्रमोदले मास्क लगाएका व्यक्तिहरुले आफूलाई हेलमेट र ढुंगाले प्रहार गरेर कुटपिट गरेको बताए । ‘घटनापछि बैठकको लागि गइरहेको बेला मास्क लगाएका ब्यक्तिहरुले हेलमेट र ढुङगाले कुटपिट गरे,’ उनले भने, ‘कुटपिट हुँदै गर्दा म हिलोमा परे ।’

उनले प्रहरीकै अगाडि आफूमाथि योजनाबद्ध रुपमा कुटपिट गरिएको दावी गरे । ‘प्रहरी हुँदाहुँदै पनि म माथि कुटपिट भयो,’ डा. प्रमोदले थपे, ‘म माथि योजनाबद्ध तरिकाले नै कुटपिट भएको हो ।’

डा. प्रमोदले केही बेर आफ्नो घाँटी थिचिएको समेत खुलासा गरेका छन् । ‘केही बेर मेरो घाँटी समेत थिचिएको थियो,’ उनले भने, ‘सो पश्चात म नि छुटाएर भागे ।’

डा. प्रमोद एक वर्षदेखि वीरगन्जस्थित नारायणी अस्पतालमा छात्रवृत्ति करारका रुपमा कार्यरत छन् । उनले नेशनल मेडिकल कलेज वीरगन्जबाट छात्रवृत्तिमा एमबीबीस उत्तीर्ण गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ