काठमाडौं– स्वास्थ्य सेवामा उपचारसँगै स्वस्थ, पोषणयुक्त र गुणस्तरीय खानाको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ । यही अवधारणालाई व्यवहारमा उतार्दै ‘हेल्दी बाइट्स’मार्फत दिलिप कुमार यादवले अस्पतालभित्रको भोजन सेवालाई नयाँ उचाइमा पुर्याउने प्रयास गरिरहेका छन् ।
व्यवसायी उपेन्द्र महतोकी श्रीमती डा. समताप्रसाद महतोको अगुवाईमा वि.सं. २०७३ मा सुरु भएको ‘हेल्दी बाइट्स’का म्यानेजर दिलिपले अस्पतालको सम्पूर्ण खाद्य तथा पेय सेवा सञ्चालन, गुणस्तर व्यवस्थापन, पोषणमैत्री मेनु, टिम नेतृत्व तथा बिरामी र सेवाग्राहीलाई उत्कृष्ट भोजन अनुभव प्रदान गर्ने जिम्मेवारी सम्हालिरहेका छन् ।
नेपाल तथा विदेशका प्रतिष्ठित होटलहरुमा लामो अनुभव बटुलेका यादवले फुड एन्ड बेभरेज व्यवस्थापन, रेस्टुरेन्ट सञ्चालन, बैंक्वेट तथा इभेन्ट व्यवस्थापन, अतिथि सेवा र टोली विकासमा विशेष दक्षता हासिल गरेका छन् । उनको नेतृत्वमा अस्पतालको भोजन सेवामा गुणस्तर, स्वच्छता र सेवा व्यवस्थापनलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोड्ने प्रयास भइरहेको छ ।
विज्ञहरूका अनुसार बिरामीको उपचारमा औषधिसँगै सन्तुलित, सुरक्षित र पोषणयुक्त खानाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । यस्तो अवस्थामा अस्पतालभित्रको फुड एन्ड बेभरेज व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउनु स्वास्थ्य सेवाको अभिन्न पक्ष मानिन्छ ।

‘‘हेल्दी बाइट्स’को भोजन सेवा केवल क्याफेटेरियाको सेवामा सीमित छैन्,’ दिलिप भन्छन्, ‘बिरामीको रिकभरी, पोषण सुरक्षा र सेवाग्राही सन्तुष्टिसँग हामीले खानालाई जोड्ने प्रयास गरेका छौं ।’
स्वास्थ्य संस्थामा गुणस्तरीय भोजन सेवा र बिरामीमैत्री वातावरण निर्माणमा उनको योगदानले नेपालमा हेल्थकेयर फुड सर्भिस व्यवस्थापनलाई थप व्यावसायिक र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । उनको नेतृत्वमा हेल्दी बाइट्सले अहिले नेपाल मेडिसिटी अस्पताल, इशान बाल तथा महिला अस्पताल, ओम अस्पताल, फूलकुमारी महतो अस्पताल सिरहा, वीरगन्जस्थित मेडिसिटी बयोधा अस्पतालमा हेल्दी बाइट्सले चिकित्सक, बिरामीदेखि बाहिरका ग्राहकसम्मलाई स्वस्थ र गुणस्तरीय खानेकुरा पस्किरहेको छ ।
१० वर्ष लण्डन बसेर फर्किएका दिलिप अहिले हेल्दी बाइट्सको सम्पूर्ण अप्रेशन सम्हालिरहेका छन् । सिरहाको भगवानपुरमा जन्मिएर ३७ वर्षीय उनले बेलायतबाट मार्केटिङमा एमबीए गरेका उनले त्यहीबाट आर्टसमा पनि माष्टर्स गरेका छन् । यादवसँग म्यारियट, र्याडिसन, सोल्टी, द्वारिकालगायतका होटलमा काम गरेको अनुभव पनि छ ।