काठमाडौं—सरकारले बढाएको तलब १ साउनदेखि लागु भएको छ । स्वास्थ्य सेवाका कर्मचारीहरुले १ साउनदेखि बढेको तलब पाउनेछन् ।
स्वास्थ्य सेवाका कर्मचारीहरुले नयाँ तलबअनुसार १२ औं तहले ८४ हजार ५७६ रुपैयाँ तलब पाउनेछन् । यस्तै, ११ औं तहले ७३ हजार १९३ रुपैयाँ, १० औं तहले ७० हजार ७९४ रुपैयाँ र ९ औं तहले ६५ हजार ३७० रुपैयाँ तलब पाउनेछन् ।
यसैगरी, आठौं तहका कर्मचारीले ६० हजार ७५९ रुपैयाँ, सातौं तहले ५८ हजार ८४१ रुपैयाँ, छैटौं तहले ५६ हजार ६८ रुपैयाँ तलब पाउनेछन् ।
स्वास्थ्य सेवाका वरिष्ठ पाँचौ तहले ४८ हजार ४३७ रुपैयाँ, सहायक पाँचौ तहले ४५ हजार ८४१ रुपैयाँ, सहायक चौथो तहले ४४ हजार ६३४ रुपैयाँ, सहायक तेस्रोले ३७ हजार ४५७ रुपैयाँ, सहायक दोस्रोले ३५ हजार ३८२ रुपैयाँ र सहायक प्रथमले ३६ हजार २३२ रुपैयाँ तलब पाउनेछन् ।
