गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ चन्द्रा कँडेल सोमबार, २०७७ असार ८ गते, १५:०३ मा प्रकाशित सुर्खेत -कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएको छ । उनिहरुमा सोमोबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका कोभिड १९ फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिएका छन् । ३१ र ३२ जेष्ठ देखि असार ३ गते सम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना विरामीमा कोरोना पोजेटिभ देखिए पछि उनिहरुको नजिक रहरे काम गरीरहेका स्वास्थ्यकर्मी र कार्यलय सहयोगि गरी ४२ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । पिसिआर परिक्षणका क्रममा क्वारेन्टाइनमा राखिएका ४२ जना मध्य १ जना भिडियो एक्सरेमा कार्यरत र ४ जना ल्यावमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको डाक्टर पौडेलले जानकारी दिए । उनका अनुरसार उनिहरु निग्रानिकोलागि प्रदेश अस्पतालको आइसोलेशनमा राखिएको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पताल केही घण्टा सिल गरिएको अस्पतालको सेवा अहिले भने नियमित रुपमा जारी हरेको अस्पतालले जनाएको छ । कसरी संक्रिमित भए ५ जना स्वास्थ्यकर्मी गत जेष्ठ ३१ र ३२ गते दैलेखका २ जना र सुर्खेतका १ जना विरामीलाई प्रदेश अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भैरहेको थियो । ती मध्य दैलेखबाट आएका एक जना विरामी टिभिको दिर्घ रोगि थिए भने दैलेखका १ जना र सुर्खेतका १ जनाले विस सेवन गरेका कारण उनिहरुलई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो । यी सबै विरामी समुदाय स्थरबाट आएको हुनाले कसैले पनि उनिहरु कोरोना संक्रिमित छन् भन्ने संका गरेको थिएनन् । कोरोना संक्रिमितको संका नगरेकै कारण उनिहरुलाई ३ दिन सम्म नजिकबाट स्वास्थ्यकर्मीहरुले उनिहरुको हेरचाह गरे जव उनिहरुमा कोरोनाको लक्ष्यण देखिन थाल्यो त्यसपछि ती विरामीहरुको पिसिआर चेक गराइयो । असार ३ गते उनिहको पिसिआर रिर्पोाट कोरोना पोजेटिभ देखिए पछि उनिहरुको नजिकरहेर उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको खोजि सुरु भयो र ४२ जनालई क्वारेन्टाइनमा रोखियो । क्वारेन्टाइनमा राखिएका सबैको पिसिआर चेक गर्दा ५ जनालई कोरोना देखिएको अस्पतालले जानकारी देखिएको छ । कर्णालीमा यसरी एकै चोटि धेरै स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको यो पहिलो पटक हो । जटिल खालका बिरामीबाहेक अन्य बिरामीलाई अस्पताल नआउन चिकित्सकको अनुरोध प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सहरुकहरुले आकस्मिक र जटिल खालका बिरामी बाहेक अन्य बिरामीलाई अस्पताल नआउन अनुरोध गरेका छन् । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्यमा पनि संक्रमण हुनसक्ने भन्दै सामान्य खालका बिरामीलाई अस्पताल नआउन अनुरोध गरेका हुन् । समुदाय स्थरबाट आएका बिरामीलाई कोरोना पुष्टि हुन थाले पछि सर्तकता अझै बढाउनुपर्ने अवस्था आएको डा प्रदिप न्यौपाने बताउछन् । ‘बिरामीबाट हामिलाई कोभिड सर्ने हो कि ? भन्ने भन्दा पनि अब त हामिबाटै बिरामीलाई सर्ने खतरा छ ।’ उनल्े भने, ‘नियमित औषधि सेवन गर्ने जस्तैः सुगर, प्रेशर,दमको दिर्घरोगिहरुले सम्भव भएसम्म घरनजिकैका स्वास्थ्य सस्थाबाट औषधि उलब्ध हुने भए अस्पता नआउन हामिले अनुरोध गरेका छौ ।’ अस्पतालमा सबै स्वास्थ्य जनशक्ति २६४ छन् ती मध्ये आधा जनशक्ती कोरोनाका बिरामीको सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संगलग्न भएको अस्पतालले जनाएको छ । अस्पतालले भनेको छ गर्भवती, सुत्केरी, तथा चोटपटक जस्ता जटिल खालका बिरामी बाहेक अन्य बिरामीलाई घरमै बसेर आफ्नो ख्याल गर्न अनुरोध गरिएको छ । कुनै समस्या भए बिरामीले फोनबाट सम्पर्क गरेर परामर्श लिन सक्ने उनको डा न्यौपाने बताउछन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित शय्या अभावमा बिरामीलाई कुर्सीमा राखेर उपचार दुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपालीको जीवनशैली बनिसकेको खोप मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? के गर्दैछन् काेराेनाकाे उपचारका लागि सरकारले तयारी रहन भनिएका अस्पताल ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने विश्व पक्षघात दिवसमा न्यूरो अस्पतालद्वारा विशेष छुट र निःशुल्क सेवा घोषणा एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपालीको जीवनशैली बनिसकेको खोप मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? के गर्दैछन् काेराेनाकाे उपचारका लागि सरकारले तयारी रहन भनिएका अस्पताल ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने विश्व पक्षघात दिवसमा न्यूरो अस्पतालद्वारा विशेष छुट र निःशुल्क सेवा घोषणा