गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ चन्द्रा कँडेल सोमबार, २०७७ असार ८ गते, १५:०३ मा प्रकाशित सुर्खेत -कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएको छ । उनिहरुमा सोमोबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका कोभिड १९ फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिएका छन् । ३१ र ३२ जेष्ठ देखि असार ३ गते सम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना विरामीमा कोरोना पोजेटिभ देखिए पछि उनिहरुको नजिक रहरे काम गरीरहेका स्वास्थ्यकर्मी र कार्यलय सहयोगि गरी ४२ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । पिसिआर परिक्षणका क्रममा क्वारेन्टाइनमा राखिएका ४२ जना मध्य १ जना भिडियो एक्सरेमा कार्यरत र ४ जना ल्यावमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको डाक्टर पौडेलले जानकारी दिए । उनका अनुरसार उनिहरु निग्रानिकोलागि प्रदेश अस्पतालको आइसोलेशनमा राखिएको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पताल केही घण्टा सिल गरिएको अस्पतालको सेवा अहिले भने नियमित रुपमा जारी हरेको अस्पतालले जनाएको छ । कसरी संक्रिमित भए ५ जना स्वास्थ्यकर्मी गत जेष्ठ ३१ र ३२ गते दैलेखका २ जना र सुर्खेतका १ जना विरामीलाई प्रदेश अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भैरहेको थियो । ती मध्य दैलेखबाट आएका एक जना विरामी टिभिको दिर्घ रोगि थिए भने दैलेखका १ जना र सुर्खेतका १ जनाले विस सेवन गरेका कारण उनिहरुलई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो । यी सबै विरामी समुदाय स्थरबाट आएको हुनाले कसैले पनि उनिहरु कोरोना संक्रिमित छन् भन्ने संका गरेको थिएनन् । कोरोना संक्रिमितको संका नगरेकै कारण उनिहरुलाई ३ दिन सम्म नजिकबाट स्वास्थ्यकर्मीहरुले उनिहरुको हेरचाह गरे जव उनिहरुमा कोरोनाको लक्ष्यण देखिन थाल्यो त्यसपछि ती विरामीहरुको पिसिआर चेक गराइयो । असार ३ गते उनिहको पिसिआर रिर्पोाट कोरोना पोजेटिभ देखिए पछि उनिहरुको नजिकरहेर उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको खोजि सुरु भयो र ४२ जनालई क्वारेन्टाइनमा रोखियो । क्वारेन्टाइनमा राखिएका सबैको पिसिआर चेक गर्दा ५ जनालई कोरोना देखिएको अस्पतालले जानकारी देखिएको छ । कर्णालीमा यसरी एकै चोटि धेरै स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको यो पहिलो पटक हो । जटिल खालका बिरामीबाहेक अन्य बिरामीलाई अस्पताल नआउन चिकित्सकको अनुरोध प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सहरुकहरुले आकस्मिक र जटिल खालका बिरामी बाहेक अन्य बिरामीलाई अस्पताल नआउन अनुरोध गरेका छन् । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्यमा पनि संक्रमण हुनसक्ने भन्दै सामान्य खालका बिरामीलाई अस्पताल नआउन अनुरोध गरेका हुन् । समुदाय स्थरबाट आएका बिरामीलाई कोरोना पुष्टि हुन थाले पछि सर्तकता अझै बढाउनुपर्ने अवस्था आएको डा प्रदिप न्यौपाने बताउछन् । ‘बिरामीबाट हामिलाई कोभिड सर्ने हो कि ? भन्ने भन्दा पनि अब त हामिबाटै बिरामीलाई सर्ने खतरा छ ।’ उनल्े भने, ‘नियमित औषधि सेवन गर्ने जस्तैः सुगर, प्रेशर,दमको दिर्घरोगिहरुले सम्भव भएसम्म घरनजिकैका स्वास्थ्य सस्थाबाट औषधि उलब्ध हुने भए अस्पता नआउन हामिले अनुरोध गरेका छौ ।’ अस्पतालमा सबै स्वास्थ्य जनशक्ति २६४ छन् ती मध्ये आधा जनशक्ती कोरोनाका बिरामीको सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संगलग्न भएको अस्पतालले जनाएको छ । अस्पतालले भनेको छ गर्भवती, सुत्केरी, तथा चोटपटक जस्ता जटिल खालका बिरामी बाहेक अन्य बिरामीलाई घरमै बसेर आफ्नो ख्याल गर्न अनुरोध गरिएको छ । कुनै समस्या भए बिरामीले फोनबाट सम्पर्क गरेर परामर्श लिन सक्ने उनको डा न्यौपाने बताउछन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने