२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ अस्पतालको ‘फिमेल मेडिकल वार्ड’मा कुरूवा किशोरीमाथि बलात्कारको प्रयास

अस्पतालको ‘फिमेल मेडिकल वार्ड’मा कुरूवा किशोरीमाथि बलात्कारको प्रयास


विराटनगर—कोशी अस्पतालमा विरामीको कुरूवा बसेकी खोटाङ घर भएर इटहरीमा डेरा गरेर बस्ने २१ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले मोरङ कटहरी गाउँपालिका—७ का २८ वर्षीय सुरज मण्डललाई पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डलले कोशी अस्पतालको ‘फिमेल मेडिकल वार्ड’ मा बुधबार विहान साढे ३ बजे ती किशोरीलाई बलात्कारको प्रयास गरेको आरोप छ । किशोरीले मोरङ प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धानको लागि मण्डललाई पक्राउ गरी अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘किशोरीले दिएको जाहेरीको आधारमा हामीले नियन्त्रणमा लिएका हौं,’ डिएसपी राईले भने, ‘अहिले अनुसन्धान सुरू गरेका छौं । थप विषय अनुसन्धान पछि खुल्नेछ ।’

फिमेल मेडिकल वार्डमा सुतिरहेको अवस्थामा ती किशोरीको ओठमा मण्डलले चुम्बन गरेको र उनले प्रतिकार गरेपछि मण्डल फरार भएको प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ । ‘७ दिनदेखि दिदीको छोरी बिरामी भएपछि कोशी अस्पतालमा भर्ना गरिएको छ । दिनभरी बिरामी रूगेपछि थकान लागेर सुतेको थिए,’ जिल्ला प्रहरी कार्यालयमा भेटिएकी ती किशोरीले भनिन्, ‘विहान पख अपरिचत व्यक्ति आएर कोठामा किस ग¥यो । आफूले प्रतिकार गरेपछि फरार भयो ।’

फरार भएका मण्डललाई अस्पतालको कर्मचारीले चिनेपछि मोरङ प्रहरीमा पीडित किशोरीले जाहेरी दिएपछि पक्राउ गरिएको हो । पक्राउ परेका मण्डल अस्पतालमा दैनिकजसो आवतजावत गर्दै आएको बुझिएको छ । अस्पतालका जनसम्पर्क अधिकृत विष्णु बुढाथोकीले मण्डल अस्पतालको कर्मचारी नभएको बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ