२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ओम समाज डेन्टलद्वारा निःशुल्क प्राथमिक उपचार तालिमको आयोजना

ओम समाज डेन्टलद्वारा निःशुल्क प्राथमिक उपचार तालिमको आयोजना


काठमाडौं—ओम समाज डेन्टल हस्पिटलले निःशुल्क प्राथमिक उपचार तालिमको आयोजना गर्ने भएको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत २४ साउनमा शुकेधारास्थित एसियन भिलेज फुड ल्याण्ड एण्ड पार्टी प्यालेसमा निःशुल्क प्राथमिक उपचार तालिमको आयोजना गर्न लागेको हो ।

युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीको प्रत्यक्ष प्रशिक्षणमा डिस्कभरी रोयल स्पोर्ट्स प्रा.लि., ओम समाज डेन्टल हस्पिटल र विराज समाजको संयुक्त आयोजना उक्त तालिम हुनेछ । यसअघि पनि ओम समाज डेन्टल हस्पिटलले निःशुल्क प्रथामिक उपचार तालिम कार्यक्रम गरिसकेको छ ।

प्राथमिक तालिम विहान १० बजेदेखि हुनेछ । तालिममा भाग लिन इच्छुकहरुले ओम समाज डेन्टल हस्पिटल चाबहिलमा सम्पर्क राख्नुपर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ