२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा १६६ सहित ८१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १६६ सहित ८१८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—उपत्यकामा १६६ सहित थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौंमा १२६ जना, भक्तपुरमा २८ जना र ललितपुरमा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २८१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या १८ हजार ६ सय ३१ जना रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ