काठमाडौं– काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८जना सहित थप २ हजार ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा एकैदिन २ हजार बढी संक्रमण पुष्टि भएको यो पहिलोपटक हो । सबैभन्दा बढी नयाँ संक्रमित काठमाडौँ उपत्यकामा थपिएका छन् । काठमाडौंमा मात्रै आज १ हजार २ सय ८० जना, ललितपुरमा १ सय ६२ जना र भक्तपुरमा १ सय ९६ जना संक्रमित थपिएका हुन्।
त्यस्तै, शुक्रबार सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ पुगेको छ । हाल भेन्टिलेटरमा २९ जना र आइसियुमा २ सय १० जना संक्रमित उपचाररत छन् ।
यता, पछिल्लो २४ घन्टामा ठिक हुने संक्रमितको संख्या ३ हजार ३ सय ७ जना पुगेको छ । भने हालसम्म ६० हजार ६ सय १६ जना संक्रमित निको भैसकेका छन्।
त्यस्तै, आज थप ११ जना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका अनुसार सुनसरीका २७ वर्षीय पुरुष, ललितपुरका ३२ वर्षीय पुरुष र ७० वर्षीय वृद्ध, भक्तपुरकी ६१ वर्षीया महिला र ५१ वर्षीया महिला, काठमाडौँकी ६७ वर्षीया वृद्धा, मकवानपुरका ७८ वर्षीय वृद्ध, रुपन्देहीका ६० वर्षीय वृद्ध, बाँकेका ५२ वर्षीय पुरुष र ५९ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया वृद्धाको मृत्यु भएको हो ।
कुन प्रदेशमा थपिए कति संक्रमित ?
