२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ धरानमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

धरानमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

सोमबार विहान धरान—१५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

१६ असोजमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनको पिसिआर परीक्षण गर्दा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिष्ठानका सह—प्रवक्ता डा. आशिष श्रेष्ठकाअनुसार उनमा क्रोनिक किड्नी रोग र हाइपर टेन्सनको समस्या रहेको थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ