गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? के हो ‘भेरिकोज भेन’ ? यसबाट कसरी बच्ने ? डा. सुनिलराम कोइराला कन्सल्टेन्ट न्युरोलाजिस्ट, प्रमुख न्युरोलोजी विभाग, वीर अस्पताल सोमबार, २०७७ पुस ६ गते, ११:४३ मा प्रकाशित शरीरको बाहिरी छालाबाटै गाढा निलो हरियो रंगको टेडोमेडो आकारमा फुल्लिएको नशा देखिने समस्यालाई चिकित्सा क्षेत्रअन्तर्गत ‘भेरिकोज भेन’ भनिन्छ । यो शरीरको हात, खुट्टा तथा अण्डाशय जुनसुकै भागमा पनि देखिन सक्छ । यद्यपि यो समस्या प्रायजसोः लामो समयसम्म उभिएर काम गर्ने मानिसहरुमा देखिन्छ । शरीरको अन्य भागबाट मुटुतर्फ रक्त प्रवाह गर्ने ट्युबलाई रक्तवाहिनी (भेन) भनिन्छ । कहिलेकाहिँ विभिन्न कारण सो भेन ब्लक भएमा वा भल्भमा खराबी देखिएमा शरीरमा रक्तप्रवाहको प्रकृया उल्टो हुन गई सो रगत पुनः तल नै फर्केर आउँछ । जसबाट खुट्टामा प्रेसर बढ्न गई नशा खुकुलो हुन पुग्छ र, परिणाम स्वरुपः व्यक्तिमा ‘भेन भेरिकोज’ को समस्या देखा पर्दछ । भेरिकोज भेनका लक्षण बस्दा वा रात पर्दै जाँदा खुट्टा भारी हुनु वा हल्का सुन्निनु पिँडौला फर्किनु खुट्टा सुन्निनु खुट्टामा दुखाई महशुस हुनु चिलाउनु कालान्तरमा शरीरमा कालोपन देखिनु । जोखिम समूह लामो समयसम्म उभिने वा बसिरहने समूह उच्च तौल वा मोटोपन भएका व्यक्तिहरु आणुवांशिक गर्भवती महिला उपचार तथा समाधानको उपाय भेरिकोजको समस्या आएको व्यक्तिमा यस्ता समस्या ब्यान्डेज वा स्टकिङको प्रयोग वा केहि औषधिको सेवनबाटै पनि निको पार्न सकिन्छ । तर, समस्या देखिएको लामो समय भएमा वा भेरिकोज भेनले मुख्य रक्तनलीमा असर गरी एडभान्स स्टेज देखिएका व्यक्तिमा भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । यसरी गरिने शल्यक्रियालाई ‘भास्कुलर सर्जरी’ पनि भनिन्छ । यसबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छ ः लामो समयसम्म उभिएर वा बसेर काम नगर्ने तौल नियन्त्रणमा राख्ने माथि उल्लेखित कुनै पनि समस्या देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिने नियमित व्यायाम गर्ने गर्भवती महिलाले गर्भधारणको चौथो वा पाचौं महिनाबाट चिकित्सकको सल्लाहमा कम्प्रेशन गार्मेन्ट(खुट्टादेखि जाङसम्म पुग्ने एक किसिमको मोजा)को प्रयोग गर्ने । प्रस्तुतिः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी… क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति डा. सुभद्रा भण्डारीको सल्लाहः हैजा के हो ? यसबाट कसरी… के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम… डा. वासुदेव पाण्डे : दिशाबाट लाग्ने रोगहरुबाट कसरी बच्ने ? प्लाष्टिक सर्जरी के हो ? यो किन गरिन्छ ? धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा बधाई छ बहिनी डा. रश्मि तिमीलाई कोभिड : लकडाउन लगाइएका देशमा मानिसको मानसिक स्वास्थ्य प्रभावित सुदूरपश्चिम फाउन्डेसनद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य शिविर क्रोनिक प्याङक्रियाटाइटिस के हो ? कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा बधाई छ बहिनी डा. रश्मि तिमीलाई कोभिड : लकडाउन लगाइएका देशमा मानिसको मानसिक स्वास्थ्य प्रभावित सुदूरपश्चिम फाउन्डेसनद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य शिविर क्रोनिक प्याङक्रियाटाइटिस के हो ? कसरी बच्न सकिन्छ ?