२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा

विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा


इजरायली वैज्ञानिकहरूले पक्षाघात भएका मुसाहरूलाई स्पाइनल कर्ड प्रत्यारोपण गरेर हिँड्न सक्ने बनाएका छन्। उनीहरूले क्लिनिकल परीक्षणहरूमा मानिसहरूमा पनि गर्न तीन वर्षभन्दा कम समय लाग्ने बताएका छन्।

यो उपलब्धिले मानिसहरुमा पनि स्पाइनल प्रत्यारोपण हुने विश्वास विज्ञहरुले राखेका छन् ।

इजरायलका वैज्ञानिकहरूले पक्षघातको उपचारका लागि मानिसको मेरुदण्डको हड्डी प्रत्यारोपण गर्न सकिने बताएका छन् । यो जानकारी मध्य इजरायलको तेल अवीव विश्वविद्यालय (टिएयु) ले दिएको हो। रिपोर्टका अनुसार एडभान्स्ड साइन्स जर्नलमा सोमबार प्रकाशित नयाँ अध्ययनमा सो वैज्ञानिकहरूले बिरामीहरूबाट लिइएको एब्डोमिनल एडिपोज टिस्युबाट कार्यात्मक स्पाइनल कर्ड टिस्यु बनाएर लामो समयसम्म पक्षाघात भएका १५ वटा मुसाहरूमा प्रत्यारोपण गरेको थियो। तीमध्ये बाह्र मुसाहरू त्यसपछि सामान्य रूपमा हिड्न सक्ने भएका छन्।

‘यदि यसले मानिसमा काम गर्‍यो भने हामी विश्वास गर्छौं कि यसले सबै पक्षाघात भएका मानिसहरूलाई फेरि हिंड्न सक्ने आशा प्रदान गर्न सक्छ,’ सगोल सेन्टर फर फॉर रीजनरेटिभ बायोटेक्नोलोजीका टोलीकातर्फबाट प्रो. ताल डीभिरले भने, ‘अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनसँग क्लिनिकल ट्रायलको बारेमा छलफल सुरु गरिएको छ।’

‘पुरानो पक्षाघात भएका मुसाहरूको मेरुदण्डको सफलता दर ८० प्रतिशत भए पनि हालसालै वा छोटो अवधिको पक्षाघात भएकाहरूमध्ये शतप्रतिशत मुसाहरु हिँड्छन्। ती १५ वटा मुसामा तीन जनाको कोषबाट स्पाइनल इम्प्लान्ट गरिएको हो,’ उनले थपे। यसले मानवमा आविष्कार ल्याएर प्रत्येक बिरामीको आफ्नै शरीरका कोषिकाहरु प्रयोग गरी स्पाइनल प्रत्यारोपण गर्ने योजना रहेको उनले बताए ।

‘विश्वभरि लाखौं मानिसहरूमा मेरुदण्डको चोटका कारण पक्षघातबाट पीडित छन् । तिनीहरूको अवस्थाको लागि अझै प्रभावकारी उपचार छैन,’  डिभिरले भने।

एजेन्सी 


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ