२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका संसारकै पहिलो व्यक्तिको मृत्यु

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका संसारकै पहिलो व्यक्तिको मृत्यु


काठमाडौं—सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका संसारकै पहिलो व्यक्तिको मृत्यु भएको छ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको दुई महिनापछि उनको मृत्यु भएको हो ।

गत मार्चमा मिर्गौलाका रोगबाट गम्भीर बिरामी बनेका ६१ वर्षीय रिचार्ड रिक स्लेम्यानले मासाचुसेट्स जनरल अस्पतालमा सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका थिए । अस्पतालले त्यो बेला यो प्रत्यारोपणलाई चिकित्सा विज्ञानमा माइलस्टोन भनेको थियो ।

यस उपलब्धिलाई संसारभर मिर्गौला कमीको सम्भावित समाधानका रुपमा हेरिएको थियो । तर, शनिबार अस्पतालले स्लेम्यानको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित कारणले नभएको जनाएको छ ।

स्लेम्यानको परिवारले उनको उपचारमा संलग्न मेडिकल टिमप्रति आभार व्यक्त गरेको छ । उनको परिवारले डाक्टरहरुका कारण रिकसँग आफूहरुले ७ हप्ता बिताउन पाएको र यो दौरानको स्मृतिहरु आफूहरुको दिल दिमागमा हमेशा रहने उल्लेख गरेको छ ।

मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकले स्लेम्यानले संसारभरका अनगिन्ती बिरामीहरुको मनमा एक आशाको किरण जगाएका बताए । ‘हामी जेनोट्रान्सप्लान्ट (एक प्रजातिको अंग दोस्रो प्रजातिमा प्रत्यारोपण)को क्षेत्रलाई निरन्तर अगाडि बढाउनका लागि उनको विश्वास र इच्छाका लागि आभारी छौं,’ ती चिकित्सकले भने ।

-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ