२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यजसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने

जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने


काठमाडौं—उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । यादवको पार्टीबाट फुटेर बनेको जसपाबाट प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् ।

जसपाका महासचिव मोहम्मद इस्तियाक राईले पार्टीको तर्फबाट स्वास्थ्य मन्त्रीका लागि यादव र स्वास्थ्य राज्यमन्त्रीका लागि रन्जु झाको नाम प्रधानमन्त्रीलाई पठाइएको जानकारी दिए ।

‘हामीले पार्टीको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप यादव र राज्यमन्त्रीमा रन्जु झाको नाम सिफारिस गरेका छौं,’ हेल्थआवाजसँग उनले भने, ‘थप एक मन्त्री पनि हामीलाई दिने भन्ने छ । त्यो फिक्स भएको छैन ।’

अहिले जसपाबाट वन तथा वातावरणमन्त्रीका रुपमा नवलकिसोर साह सुडी सरकारमा सहभागी छन् । स्रोतकाअनुसार प्रधानमन्त्री सम्भवतः सोमबार नै जसपाबाट सरकारमा पठाइएको नयाँ मन्त्रीलाई क्याबिनेटमा समेट्ने तयारी छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ