२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नेपाल चिकित्सक संघ कोशीमा डा. सिलवाल समूहको बर्चस्व

नेपाल चिकित्सक संघ कोशीमा डा. सिलवाल समूहको बर्चस्व


विराटनगर—नेपाल चिकित्सक संघ कोशी विराटनगरको अध्यक्ष डा. फरवार्ड सिलवाल पुनः निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

सोमबार राति सार्वजानिक भएको निर्वाचनको मत परिमाणअनुसार सिलवालले प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले पराजित गरेका छन् । संघमा श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र एक जना सदस्य गरी तीन जना पदाधिकारीबाहेक सबै पदमा सिलवालको समूह निर्वाचित भएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ समूहबाट डा. सन्जीवकुमार ठाकुरले ३ सय १८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी डा. नवीन कर्णले ३ सय २ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा डा. बालकृष्ण साहलाई २५ मत अन्तरले हराउँदै डा. यज्ञराज खरेल निर्वाचित भएका छन् । खरेलले ३ सय २२ मत प्राप्त गर्दा साहले २ सय ९७ मत ल्याए ।

महासचिवमा डा. राजेन्द्र चौधरी निर्वाचित भए । चौधरीले ३ सय ५१ मत ल्याएर विजयी भए भने डा. रविराज सिंहले २ सय ७५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा डा. सुधीर श्रेष्ठले ३ सय १० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी शिलवन्त सेन श्रीवास्तवले ३ सय ६ मत ल्याए । सह—कोषाध्यक्षमा डा. जुविन सिलवालले ३ सय ८० मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी डा. सरवेस कुमार झाले २ सय ४८ मत प्राप्त गरेका छन् ।

सह—सचिवमा सुनिल रेग्मीले ३ सय ६८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी डा. धिरज सिंहले २ सय ५९ मत ल्याए । सदस्यहरूमा डा. रोशन खड्का ३ सय १७, डा. अमरकुमार यादव ३ सय २५, डा. अरबेन्द्र कुमार महतो ३ सय २५, डा. अन्जु देव ३ सय ९३, डा. पार्थ गुरागाई ३ सय १८ र प्रेरणा दाहालले ३ सय ५० मत ल्याएर निर्वाचित भएका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ