२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ एस्ट्राजेनेकाले भन्यो, ‘कोरोनाको नयाँ प्रजाति विरुद्धको खोप ९ महिनाभित्र तयार पार्छौं’

एस्ट्राजेनेकाले भन्यो, ‘कोरोनाको नयाँ प्रजाति विरुद्धको खोप ९ महिनाभित्र तयार पार्छौं’


फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले कोरोनाको नयाँ प्रजातिविरुद्ध खोप बनाउन ६ देखि ७ महिनासम्म समय लाग्ने बताएको छ। ‘द गार्डियन’को एक रिपोर्ट अनुसार एस्ट्राजेनेकाले भ्याक्सिनको अपडेट भर्जनको लागि ६ महिना जति समय दिएमा भ्याक्सिनलाई परिमार्जित गर्ने उल्लेख गरेको छ।

एस्ट्राजेनेकामा बायोफार्मास्यूटिकल्स आरएण्डडीका कार्यकारी उपाध्यक्ष रहेका सर मेने पन्गोल्सले भने, ‘नयाँ प्रजातिमा यो साता वा यो महिनाको सुरुवातमा काम सुरु गरिनेछ।’ उनले नयाँ प्रजातिमा सफलता पाउन लगातार काम गरिरहेको उल्लेख गरे।

उनले भ्याक्सिन नोभेम्बर-डिसेम्बरसम्ममा नागरिकलाई उपलब्ध गराउने बताए। अक्सफोर्ड विश्वविद्यालयको साथमा संयुक्त रूपबाट विकसित कम्पनीको खोप सुरुवातको भाइरसमा र बेलायतमा देखिएको भाइरसमा प्रभावकारी छ । तरपनि केहि देशहरुमा यसलाई लिएर प्रश्न उठेको छ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ