२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा स्वास्थ्य कार्यालय धनुषालाई स्वास्थ्य सामग्री सहयोग

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा स्वास्थ्य कार्यालय धनुषालाई स्वास्थ्य सामग्री सहयोग


धनुषा–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्वास्थ्य कार्यालय धनुषालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ विरुद्ध लड्न प्लान इन्टरनेशनल नेपालले स्वास्थ्य कार्यालय धनुषालाई ३ लाख ७१ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

प्लान इन्टरनेशनल नेपाल पूर्व क्षेत्रीय कार्यालय जनकपुरका क्षेत्रीय प्रबन्धक रविशंकर पण्डितले स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख युगल किशोर यादवलाई ती स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन् ।

प्लान इन्टरनेशनल नेपालले धनुषा जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन स्वास्थ्य कार्यालय धनुषामार्फत वितरण हुनेगरी ७० थान पीपीई सेट, १ सय थान ५ सय एमएलको ह्याण्ड स्यानिटाइजर, ५ हजार थान सर्जिकल माक्स, ५ हजार थान सर्जिकल ग्लोब्स, ६ सय ५० थान केएन ९५ मास्क, ६० थान पल्स अक्सिमिटरलगायतको स्वास्थ्य सामग्रीहरु सहयोग गरेको हो ।

सामाग्रीहरु धनुषाको विकट पालिकाहरु कमला नगरपालिका, शहीदनगर नगरपालिका, जनकनन्दनी गाउँपालिका, विदेह नगरपालिका र सबैला नगरपालिकाको स्वास्थ्य संस्थाहरुलाई कोभिड–१९ प्रतिकार्यको लागि उपलब्ध गराईने जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ