गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकाले सोमबार १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल पठाउँदै अमेरिकाले सोमबार १५ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल पठाउँदै हेल्थ आवाज शुक्रबार, २०७८ असार २५ गते, १९:०९ मा प्रकाशित काठमाडौँ – संयुक्त राज्य अमेरिकाले जोनसन एण्ड जोनसनको कोभिड-१९ विरुद्धको १५ लाख डोज खोप नेपाललाई पठाउने भएको छ। चर्चित अन्तर्राष्ट्रिय समाचार एज्नेसी रोयटर्सको अनुसार शुक्रबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीले कोभ्याक्सअन्तर्गत नेपाललाई १५ लाख डोज र भुटानलाई मोडर्ना कम्पनीको ५ लाख डोज खोप दिने घोषणा गरेको हो। गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकले संसारभरिका विभिन्न देशलाई ८ करोड डोज खोप दिने घोषणा गरेका थिए। जोनसन एण्ड जोनसन खोप विश्वभर फैलिएको डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी देखिएको जोन्सन एण्ड जोन्सन कम्पनीले दावी समेत गरिसकेको छ। कोभिड-१९ विरुद्ध बनेका अन्य खोपको दुई डोज लगाउनु पर्थ्यो भने यो खोप एक मात्रा लगाए मात्रै पुग्छ। उक्त खोप सोमबार नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी खोप कहिले र कुन समूहलाई दिने भन्ने बारे योजना भैरहेको छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिका सहित विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गरी कोभिड-१९ विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी थिइन्। क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन… पतन्जली आयुर्वेदको वार्षिक कारोबार १ अर्ब ८० करोड रुपैयाँ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी धेरै पढिएका १ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा २ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ७ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार