२०८३ असोज १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नर्सिङ संघकी पूर्व अध्यक्ष डा. हरि बदन प्रधानको निधन

नर्सिङ संघकी पूर्व अध्यक्ष डा. हरि बदन प्रधानको निधन


काठमाडौं – नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्रा.डा. हरि बदन प्रधानको निधन भएको छ। उनको त्रिभुवन शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरस्थित उपचारको क्रममा आइतबार राति ११ बजेर १५ मिनेटमा निधन भएको हो।

विगत केही महिनाअघिदेखि उनी मृगौला र मुटुसम्बन्धी समस्याका कारण थालिएकी थिइन्।

प्रा.डा. प्रधानको निधन प्रति नेपाल नर्सिङ संघले श्रद्धाञ्जली व्यक्त गरेको छ।

महाराजगञ्ज नर्सिङ क्याम्पसकी पूर्व क्याम्पस प्रमुख तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानकी पूर्व सहायक डिन प्रा. डा. प्रधानले सन् १९६० को दशकमा अमेरिकाबाट नर्सिङमा स्नातक उपाधि प्राप्त गरेकी थिइन्।


क्याटेगोरी : समाचार
ट्याग : #डा. हरि बदन प्रधानको निधन, #त्रिभुवन शिक्षण अस्पताल, #नर्सिङ संघकी पूर्व अध्यक्ष


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ