गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय विगाहामा ४ सय शैय्याको अत्याधुनिक अस्पताल बन्दैं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय विगाहामा ४ सय शैय्याको अत्याधुनिक अस्पताल बन्दैं हेल्थ आवाज आईतबार, २०७८ भदौ २० गते, १८:०४ मा प्रकाशित फाइल तस्बिर काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चौथो सिनेट बैठकले ४ सय बेडको अत्याधुनिक अस्पताल बनाउने प्रस्ताव पारित गरेको छ । बहुवर्षीय योजनाअन्र्तगतको सो कार्यक्रमको लागि यस वर्षको लागि १ अर्ब रुपैयाँ सरकारसँग माग गर्ने निर्णय भएको प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले जानकारी दिइन् । अस्पताललगायतको भौतिक संरचना निर्माणसँगै शैक्षिक कार्यक्रम पनि क्रमागत रुपमा सुरु गर्ने निर्णय भएको छ । लुम्बिनी प्रदेशको दाङमा रहेको सो प्रतिष्ष्ठान ४ वर्षअघि स्थापना भएको हो । साविकको राप्ती अस्पताललाई नै प्रतिष्ठानको अस्पतालका रुपमा प्रयोग गरिदै आएको छ । सो प्रतिष्ठानलाई अत्याधुनिक अस्पताल र शैक्षिक हब बनाउनका लागि अस्पताल परिसरबाट १० किलोमिटरको वरीपरी ४ ठाँउमा दाताबाट १०० विगाहा जग्गा प्राप्ति भइसकेको छ । शुक्रवार बसेको सिनेट बैठकले सो जग्गालाई प्रतिष्ठानको स्वामित्वमा ल्याउन मन्त्रिपरिषद् लैजाने निर्णयसमेत गरेको उपकुलपति डा. भण्डारीले बताइन् । ‘चौथो सिनेटले ४ सय बेडको अस्पताल निर्माण गर्ने र प्रतिष्ठानलाई प्राप्त झण्डै १०० बिगाहा जग्गा क्याविनेटमा पेश गर्नेलगायतका निर्णय गरेको छ,’ उनले भनिन् ‘अहिलेसम्म जग्गाको सुनिश्चितता नहुँदा धेरै कुरा रोकिएको थियो ।’ क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल