गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय विगाहामा ४ सय शैय्याको अत्याधुनिक अस्पताल बन्दैं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय विगाहामा ४ सय शैय्याको अत्याधुनिक अस्पताल बन्दैं हेल्थ आवाज आईतबार, २०७८ भदौ २० गते, १८:०४ मा प्रकाशित फाइल तस्बिर काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चौथो सिनेट बैठकले ४ सय बेडको अत्याधुनिक अस्पताल बनाउने प्रस्ताव पारित गरेको छ । बहुवर्षीय योजनाअन्र्तगतको सो कार्यक्रमको लागि यस वर्षको लागि १ अर्ब रुपैयाँ सरकारसँग माग गर्ने निर्णय भएको प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले जानकारी दिइन् । अस्पताललगायतको भौतिक संरचना निर्माणसँगै शैक्षिक कार्यक्रम पनि क्रमागत रुपमा सुरु गर्ने निर्णय भएको छ । लुम्बिनी प्रदेशको दाङमा रहेको सो प्रतिष्ष्ठान ४ वर्षअघि स्थापना भएको हो । साविकको राप्ती अस्पताललाई नै प्रतिष्ठानको अस्पतालका रुपमा प्रयोग गरिदै आएको छ । सो प्रतिष्ठानलाई अत्याधुनिक अस्पताल र शैक्षिक हब बनाउनका लागि अस्पताल परिसरबाट १० किलोमिटरको वरीपरी ४ ठाँउमा दाताबाट १०० विगाहा जग्गा प्राप्ति भइसकेको छ । शुक्रवार बसेको सिनेट बैठकले सो जग्गालाई प्रतिष्ठानको स्वामित्वमा ल्याउन मन्त्रिपरिषद् लैजाने निर्णयसमेत गरेको उपकुलपति डा. भण्डारीले बताइन् । ‘चौथो सिनेटले ४ सय बेडको अस्पताल निर्माण गर्ने र प्रतिष्ठानलाई प्राप्त झण्डै १०० बिगाहा जग्गा क्याविनेटमा पेश गर्नेलगायतका निर्णय गरेको छ,’ उनले भनिन् ‘अहिलेसम्म जग्गाको सुनिश्चितता नहुँदा धेरै कुरा रोकिएको थियो ।’ क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ६ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो?