२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ काउन्सिलको डाटा दुरुपयोग आरोपबारे छानविन गर्न माग

काउन्सिलको डाटा दुरुपयोग आरोपबारे छानविन गर्न माग


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको निर्वाचनका क्रममा चिकित्सकका टेलिफोनलगायका डाटा दुरुपयोग आरोपबारे छानविन गर्न उम्मेदवारले माग गरेका छन् । निर्वाचनमा काउन्सिलको सदस्यको उम्मेदवार रहेका डा. कुम्भराज जोशीले उक्त आरोपबारे छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

मंगलबार डा. जोशीले नेपाल मेडिकल काउन्सिलले गठन गरेको निर्वाचन समितिका अध्यक्षका नाममा पत्र लेख्दैं काठमाडौंमा १० र ११ गते काउन्सिलको निर्वाचन तोकिएकाले सो समयअगावै छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् । उनले यदि समयमा छानविन अगाडि बढाएर सत्यतथ्य बाहिर नल्याएमा आफू निर्वाचन प्रक्रियाबाट अलग हुने जानकारी अध्यक्षलाई गराएका छन् ।

यसअघि नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा उम्मेदवार रहेका केही उम्मेदवारले चिकित्सकको टेलिफोनलगायतका डाटाहरु दुरुपयोग गरेको आरोपसहितका समाचार प्रकाशमा आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ