गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् २०२१ मा स्वास्थ्य क्षेत्रमा भएका शीर्ष ६ उपलब्धि यी हुन् २०२१ मा स्वास्थ्य क्षेत्रमा भएका शीर्ष ६ उपलब्धि हेल्थ आवाज आईतबार, २०७८ मंसीर १९ गते, १२:११ मा प्रकाशित सन् २०२१ स्वास्थ्य र औषधीको हिसाबले निकै उत्साहजनक रह्यो । विश्वमा चिकित्सा विज्ञानको पछिल्लो इतिहासमा यति धेरै उपलब्धि यसअघि कहिल्यै भएको थिएन। यो वर्ष जहाँ औषधी निर्माणका लागि सबैभन्दा बढी अनुसन्धान र स्वीकृति प्राप्त भएको छ, त्यहाँ कोभिड–१९ महामारीदेखि मलेरियासम्मका घातक रोगहरूबाट जोगाउन भ्याक्सिन पनि निर्माण गरिएको छ । नयाँ खोपहरूदेखि लिएर अल्ट्रा-शार्प सीटी स्क्यानरहरूसम्म । यी हुन् ६ ठूला उपलब्धिहरु.. इनाेभेशन अफ द एयर कोभिड-१९ विरुद्धको लडाइमा भारत बायोटेकको कोभ्याक्सिन र सेरम इन्स्टिच्युट अफ इन्डियाको कोभिशिल्ड, जोनसनएण्ड जोन्सन, फाइजर-बायोएनटेक र मोडर्ना लगायतका खोपहरु धेरै प्रभावकारी रहयो। सबैलाई डब्ल्यूएचओले पनि मान्यता दिएको थियो। इबोला आक्रमण रोक्न एन्टिबडी शट इबोलासँग लड्न अमेरिकी कम्पनी रेजेनेरोन फार्मास्युटिकल्सले बनाएको इनमाजेबले पनि यसै वर्ष स्वीकृति पाएको छ । यो मोनोक्लोनल एन्टिबडी उपचारमा अत्यन्त प्रभावकारी साबित भएको छ। इबोलाका कारण शरीरको नसाबाट रगत निस्कन थाल्छ, जसका कारण आन्तरिक रक्तस्राव हुन थाल्छ । कलेजो बचाउने जीन थेरापी सन् २०२१ मा जीन थेरापीको क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको छ। पहिलोपटक इन्टेलिया थेरेप्यूटिक्स र रीजेनरोन फार्मास्युटिकल्सका अन्वेषकहरूले जीन सम्पादन उपकरण सिधै व्यक्तिको शरीरमा इन्जेक्सन गरेर आनुवंशिक कलेजो रोगको सफलतापूर्वक उपचार गरे। मोस्क्युरिस्क पहिलो मलेरिया खोप बन्यो मलेरिया रोकथामका लागि बेलायतको ग्ल्याक्सोस्मिथक्लाइनले विकास गरेको खोप ‘मास्क्युरिक्स’लाई डब्लूएचओले स्वीकृति दिएको छ ।मास्क्युरिक्स पहिलो इजाजतपत्र प्राप्त खोप हो जुन कुनै पनि प्रकारको परजीवीबाट हुने रोगहरू विरुद्ध उपयोग गर्न सकिन्छ। दुर्लभ, घातक आनुवंशिक रोगको लागि नयाँ उपचार अमेरिकास्थित एगर फार्मास्युटिकल्सको औषधी ‘जोकिनाभी’ अति दुर्लभ हचिन्सन-गिलफोर्ड प्रोजेरिया सिन्ड्रोमको उपचारका लागि प्रभावकारी छ। यो औषधि अत्यन्त दुर्लभ अटोसोमल जेनेटिक डिसअर्डरको उपचारमा प्रयोग गरिन्छ जसमा सानै उमेरमा छिटो बुढ्यौलीका लक्षणहरू देखा पर्छन्। कोरोनाबाट बच्न घरेलु परीक्षण किट विश्वका धेरै देशहरूले कोरोनाभाइरस पत्ता लगाउन घरेलु परीक्षण किटहरू लन्च गरेका छन्। भारतको आईसीएमआर रहेको माइल्याब डिस्कभरी सोलुसन कम्पनीको टेस्टिङ किटलाई स्वीकृत गरेको छ। जसले मात्र २ मिनेटमा स्व-परीक्षण गरेर १५ मिनेटमा कोभिड-१९ भएको नतिजा दिन्छ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? यसरी बुझौं योगको महत्व बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? यसरी बुझौं योगको महत्व बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ?