२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोभ्यास सुविधामार्फत जमर्नीले दियो नेपाललाई ४१ लाख डाेज खोप

कोभ्यास सुविधामार्फत जमर्नीले दियो नेपाललाई ४१ लाख डाेज खोप


काठमाडौँ – जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई मोडर्ना र जोन्सनको खोप हस्तान्तरण गरेको छ। बिहिबार मन्त्रालयमा आयोजित  कार्यक्रममा नेपालका लागि राजदूत रुसेकले दुवै खोप गरी ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन्।

मन्त्रालयका अनुसार जर्मन सरकारले १९ लाख ६५ हजार ६ सय डोज मोडर्नाको र २१ लाख ७६ हजार ६ सय ५० डोज जोन्सन एण्ड जोन्सन खोप प्रदान गरेको हो।

मोडर्ना खोप १२–१७ उमेरका बालबालिकालाई लगाउने तयारी सरकारले गरेको छ । खोप बुज्दै मन्त्रालयले जर्मन सरकारले महामारीको समयमा दिएको अनुदानका लागि धन्यबादज्ञापन व्यक्त गरेको छ।

बिहीबार जोन्सन एण्ड जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज नेपाल आइपुगेको  छ। कोभ्यास सुविधामार्फत उक्त खोप जर्मन सरकारले उपलब्ध गराएको २१ लाख ७६ हजार डोजमध्ये पहिलो खेप खोप आइपुगेको हो। शुक्रबार थप १४ लाख ४७ हजार डोज खोप आउने बताइएको छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ