२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ आज ३५५३ जनामा देखियो कोभिड संक्रमण, सक्रिय संक्रमित मात्रै १४ हजार बढी

आज ३५५३ जनामा देखियो कोभिड संक्रमण, सक्रिय संक्रमित मात्रै १४ हजार बढी


काठमाडौं – थप ३ हजार ५ सय ५३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा कोभिड-१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालमा पनि संक्रमितको संख्या दिनप्रतिदिन ह्वात्तै बढिरहेको छ ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ४१  हजार २ सय ९७ पुगेको छ । दैनिक एक/दुई सयको हाराहारीमा देखिने गरेको संक्रमितको संख्या केहि दिनयता निरन्तर वृद्धि भैरहेको छ। कोभिड संक्रमण यस  साता  निरन्तर उकालो लाग्दो क्रममा छ ।

पछिल्लो २४ घण्टामा थप २७१ जना संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ३  सय ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोभिड संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय१०  पुगेको छ ।

यस्तै, बिहिबार सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ