काठमाडौं – थप ३ हजार ५ सय ५३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।
भारतमा कोभिड-१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालमा पनि संक्रमितको संख्या दिनप्रतिदिन ह्वात्तै बढिरहेको छ ।
यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ४१ हजार २ सय ९७ पुगेको छ । दैनिक एक/दुई सयको हाराहारीमा देखिने गरेको संक्रमितको संख्या केहि दिनयता निरन्तर वृद्धि भैरहेको छ। कोभिड संक्रमण यस साता निरन्तर उकालो लाग्दो क्रममा छ ।
पछिल्लो २४ घण्टामा थप २७१ जना संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ३ सय ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ जना कोभिड संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय१० पुगेको छ ।
यस्तै, बिहिबार सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० पुगेको छ ।