गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ विरुद्धको खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यकर्मीसहित २ जना नियन्त्रणमा कोभिड-१९ विरुद्धको खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यकर्मीसहित २ जना नियन्त्रणमा हेल्थ आवाज बिहीबार, २०७८ माघ १३ गते, १५:१२ मा प्रकाशित काठमाडौं-सरकारले निःशुल्क रुपमा उपलब्ध गराइरहेको कोभिड-१९ विरुद्धको खोप २० हजारमा बेच्ने एक जना स्वास्थ्यकर्मीसहित २ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोनसोन एण्ड जोनसोनको खोप लगाउँदा २० हजार घुस लिएको आरोपमा महोत्तरीबाट एक जना स्वास्थ्यकर्मीसहित २ जनालाई नियन्त्रणमा लिएको हो । अख्तियारको केन्द्रीय कार्यलय काठमाडौंबाट गएको टोलीले महोत्तरीको सनषुडा स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट (एचए) अजयकुमार साह र कृष्णाकुमार यादवलाई नियन्त्रणमा लिएको हो । एचए साहको निर्देशनमा यादवले कोभिड-१९ विरुद्धको जोनसोन एण्ड जोनसोनको खोप लगाउँदा सेवाग्राहीसँग २० हजार घुस लिएका थिए । सोही क्रममा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । खोप लगाउँदा घुस लिएको पुष्टि भएको भन्दैं अख्तियारले साह विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को कसुरअनुरुप साहलाई २० हजार बिगो जरिवाना गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजाय माग गर्दै मुद्धा दायर गरेको छ । यस्तै, यादवलाई पनि सोही ऐनअनुसार विशेष अदालत काठमाडौं मुद्धा दायर गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गरिनेछ : स्वास्थ्यमन्त्री सेनाको मेडिकल कलेजमा ३८ प्रतिशत सर्वसाधारण र ४९ प्रतिशत सेना परिवारलाई छात्रवृत्ति दिइने प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? नर्सलाई न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्थालाई आवश्यक कारवाही गरिनेछ : स्वास्थ्यमन्त्री सेनाको मेडिकल कलेजमा ३८ प्रतिशत सर्वसाधारण र ४९ प्रतिशत सेना परिवारलाई छात्रवृत्ति दिइने प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’