गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ विरुद्धको खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यकर्मीसहित २ जना नियन्त्रणमा कोभिड-१९ विरुद्धको खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यकर्मीसहित २ जना नियन्त्रणमा हेल्थ आवाज बिहीबार, २०७८ माघ १३ गते, १५:१२ मा प्रकाशित काठमाडौं-सरकारले निःशुल्क रुपमा उपलब्ध गराइरहेको कोभिड-१९ विरुद्धको खोप २० हजारमा बेच्ने एक जना स्वास्थ्यकर्मीसहित २ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोनसोन एण्ड जोनसोनको खोप लगाउँदा २० हजार घुस लिएको आरोपमा महोत्तरीबाट एक जना स्वास्थ्यकर्मीसहित २ जनालाई नियन्त्रणमा लिएको हो । अख्तियारको केन्द्रीय कार्यलय काठमाडौंबाट गएको टोलीले महोत्तरीको सनषुडा स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट (एचए) अजयकुमार साह र कृष्णाकुमार यादवलाई नियन्त्रणमा लिएको हो । एचए साहको निर्देशनमा यादवले कोभिड-१९ विरुद्धको जोनसोन एण्ड जोनसोनको खोप लगाउँदा सेवाग्राहीसँग २० हजार घुस लिएका थिए । सोही क्रममा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । खोप लगाउँदा घुस लिएको पुष्टि भएको भन्दैं अख्तियारले साह विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को कसुरअनुरुप साहलाई २० हजार बिगो जरिवाना गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजाय माग गर्दै मुद्धा दायर गरेको छ । यस्तै, यादवलाई पनि सोही ऐनअनुसार विशेष अदालत काठमाडौं मुद्धा दायर गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज