२०८२ चैत्र २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमाजवादीको घोषणापत्रः जटिलबाहेकका शल्यक्रिया गाउँमै, मोबाइल नर्सिङ सेवा सञ्चालन गर्ने

समाजवादीको घोषणापत्रः जटिलबाहेकका शल्यक्रिया गाउँमै, मोबाइल नर्सिङ सेवा सञ्चालन गर्ने


काठमाडौं—स्थानीय निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी)ले घोषणापत्र सार्वजनिक गरेको छ । ३० बैशाखमा हुने निर्वाचनका लागि मंगलबार सार्वजनिक उक्त घोषणापत्रमा ‘जनताको अधिकारः निःशुल्क स्वास्थ्योपचार’ नाम दिएर स्वास्थ्यका कार्यक्रमहरु समेटिएको छ ।

एकीकृत समाजवादीले स्थानीय सरकारका कामहरुमध्ये निःशुल्क रुपमा जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्राथमिता दिइने उल्लेख गरेको छ ।

घोषणापत्रमा जटिल खालका शल्यक्रिया (जस्तैः मुटु, मिर्गौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचारहरु स्थानीय अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।

यसैगरी, स्थानीयस्तरमा आधुनिक स्वास्थ्य सेवा पु¥याउने, स्वास्थ्य उपचार सम्बन्धि स्थायनी ज्ञान र सीपको संरक्षण गर्ने, पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्न स्थानीय सरकारले आकर्षक प्याकेजको व्यवस्था गर्ने, जनतालाई सहज स्वास्थ्य उपचार दिन घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने, मोबाइल नुिर्सङ, टेलिमेडिसिन र टोल टोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने पनि घोषणा पत्रमा जनाइएको छ ।

यस्तै, सबै पालिकाहरुमा एम्बुलेन्स उपलब्ध गराउने समाजवादीले घोषणा पत्रमा उल्लेख गरेको छ । उसले स्वास्थ्य स्वयंसेविका र ग्रामीण स्वास्थ्य कार्यकर्तालार्य आवश्यक तालिम र प्रोत्साह भत्ताको व्यवस्था गरिने, स्वास्थ्य बिमालाई सहज र सुलभ बनाइने कुरा घोषणा पत्रमा समेटेको छ ।

यसैगरी, अस्पताललगायतका स्वास्थ्य संस्थाको स्तरोन्नती, साधन स्रोत र जनशक्तियुक्त बनाइने घोषणा पत्रमा छ । वौद्धिक अपांगता भएकाहरुलाई उपचार र आवश्यक सहयोगको व्यवस्था गर्ने पनि एकीकृत समाजवादीले घोषणापत्रमा उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ