२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दुर्घटनामा परी मस्तिष्क बाहिर निस्किएको १८ महिने बालकको सफल शल्यक्रिया

दुर्घटनामा परी मस्तिष्क बाहिर निस्किएको १८ महिने बालकको सफल शल्यक्रिया


विराटनगर – विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटल पछिल्लो समय भरपर्दो अस्पतालको रुपमा विकास हुँदै गएको छ । जटिल प्रकृतिका बिरामीहरुको पनि सफल उपचार हुन थालेपछि आर्या हस्पिटल विश्वसनीय अस्पतालको रुपमा विकास हुन थालेको हो ।

पछिल्लो समय आर्या न्युरो अस्पतालले जटिल प्रकृतिका बिरामीको सफल उपचार हुने गरेको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठासकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गरेको हो ।

ती मध्ये एक हुन, १८ महिने बालक कृष्ण कुमार । जसको सफल उपचार गरेर विरामीलाई नयाँ जीवन दिएको छ । ८ वैशाखमा भारतको दिपनगरमा सवारी दुर्घनामा परेर बालक कृष्ण कुमार गम्भिर घाइते भएका थिए । दुर्घटनामा परि कृष्णको आमा सोलोचना देवी साहको घटनास्थलमा मृत्यु भयो । बालकको टाउँको गम्भिर चोट लागेर मस्तिष्क बाहिर निस्किएर छतबिछत भएको थियोे । घाइते भएका बालकलाई भारतको दरभंगा अस्पताल लगियो । त्यहाँको अस्पतालले पटना रेफर ग¥यो ।

तर, बिरामीका आफन्तले आर्या न्यूरो अस्पतालमा राम्रो उपचार हुने गरेको थाहाँ पाएपछि उनीहरू यहाँका आए । न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टीमले बाहिर निस्किएको मस्तिष्कको सफल उपचार गरेका छन् । ‘अहिलेसम्मको यो जटिल उपचार हो । बालकको हकमा मस्तिष्क बाहिर निस्किएर शल्यक्रि गरि उपचार गरेको पहिलो घटना हो,’ उनले भने, ‘तीन घण्टा बढी समय लगाएर शल्यक्रिया सफल भयो । उपचारपछि ठिक भएका अस्पतालले बुधबार डिस्चार्ज दिएको छ ।

आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले उपचार गरेपछि छोराको स्वाथ्य अवस्था ठिक भएपछि बावु मुकेश साह हर्षित मुद्रामा देखिएका छन् । ‘अहिले छोरा हास्न र बोल्न सक्ने भएको छ । २० दिनको उपचारपछि बुधबार डिस्चार्ज भएको छ,’ उनले भने, ‘छोरालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बाबुलाई बचाउनुभयो । बाँच्दैनन जस्तो लागेको थियो । छोराले नयाँ जीवन पाएका छन् ।’

साह परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए । उपचारपछि स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा. नेपालले बताए । बालककोे उपचार गरिरहेका चिकित्सक डा. नेपालका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्ज दिएको बताए ।

यसअघि पनि उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का ६० वर्षीय तेजनारायण चौधरीको टाउकोको ‘लक्ड–इन–सिन्ड्रम’ अर्थात स्वचालित मांसपेशीको पूर्ण पक्षघात भएका सफल उपचार गरेको थियो । यस्तै यसअघि पनि अत्याधिक रक्तश्राव भई टाउकोमा रगत जमेको सुनसरीको इनरुवा ३ की ३९ बर्षीया पुष्पलता सुब्बाको सफल उपचार गरिसकेको छ । गएको मंसिर २६ मात्र उनीले अस्पतालबाट डिस्चार्ज पाएकी छन् ।

बाँच्ने सम्भावन न्यून रहेको भन्दै मोरङको विभिन्न अस्पतालले बिरामीलाई घर फर्काइदिएपछि मंसिर ६ गते उनको श्रीमानले उनलाई आर्या अस्पताल ल्याएका थिए । अस्पतालले बाँच्ने सम्भावना न्यून भएपनि बिरामीको उपचार थाल्यो । अस्पतालका कन्सल्ट्यान्ट न्युरो सर्जन डा. पंकज राज नेपालको टीमले उनको टाउकाको शल्यक्रिया गरेपछि हाल उनी पुर्णतः स्वस्थ छिन् । अस्पताल बसाईको २० दिनपछि मंसिर २६ मा उनी डिस्चार्ज भएर आफ्नो घर फर्किएकी छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ