२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकेडीसीले शनिबार ‘टेक्निकल एजुकेशन फेयर एण्ड करिअर काउन्सिलिङ’ आयोजना गर्दै

केडीसीले शनिबार ‘टेक्निकल एजुकेशन फेयर एण्ड करिअर काउन्सिलिङ’ आयोजना गर्दै


काठमाडौँ – कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर स्कुल अफ डेन्टिष्ट्रीले ‘टेक्निकल एजुकेशन फेयर एण्ड करिअर काउन्सिलिङ’ को आयोजना गर्ने भएको छ।

एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि स्वास्थ्य शिक्षा दिने उद्देश्यले शनिबार सो कार्यक्रम आयोजना गर्न लागिएको केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार एसइईपछि विद्यार्थीलाई के विषय बढ्ने र कुन विषयको कस्तो स्कोप छ भन्ने बारे मेल़ा विद्यार्थी तथा अभिभावकलाई काउन्सिलिङ गरिनेछ ।

त्यस्तै, मेलामा प्रोजेक्ट प्रदर्शन, दन्त तथा फार्मेसी उपकरण प्रदर्शन, कला प्रदर्शन, फुड स्टल, गेम स्टल, फेस पेन्टिङ्ग, फोटो बुथ लगयातका विषयवस्तु प्रस्तुत गर्न २१ वटा स्टल पनि राखिने छ।

मेलामा सहभागीहरुलाई आयोजककातर्फबाट नि:शुल्क दन्त परीक्षण र स्वास्थ्य परीक्षण समेत हुने आयोजक टिमले बताएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ