२०८२ चैत्र १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वयंसेवी रक्तदाता समाज त्रिवि शिक्षण अस्पताल एकाई गठन

स्वयंसेवी रक्तदाता समाज त्रिवि शिक्षण अस्पताल एकाई गठन


काठमाडौं—स्वयंसेवी रक्तदाता समाज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल एकाई गठन भएको छ । बिहीबार प्रताप शाहीको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिवि शिक्षण अस्पताल एकाई गठन भएको हो ।

समाजको उपाध्यक्ष बद्रीनारायण शाह, सचिवमा राजन लामिछाने, कोषाध्यक्षमा कविना बज्राचार्य चयन भएका छन् । यसैगरी, सदस्यहरूमा क्रमसः डा. पुष्पराज भाम, परशुराम पन्त, रूद्र भण्डारी,अर्चना गुरूङ र अञ्जु थपलिया चयन भएका छन् ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेको प्रमुख अतिथ्यतामा उक्त भेला सम्पन्न भएको थियो । यसैगरी, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य विशेष अतिथी रहेका थिए ।

भेलामा डा. त्रिवि मनमोहन कार्डियोथोरासिसका विभागीय प्रमुख प्रा.डा. भगवान कोइराला, डा. अनिल भट्टराई, डा. मनिता राजकर्णिकार, दिव्य पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समिति ललितपुरका अध्यक्ष विजयकुमार महर्जन, तारकेश्वर नगर समितिका अध्यक्ष राधेश्याम फुयाँल,काठमाडौं महानगरपालिका १३ वडा नगर समितिका अध्यक्ष निरू महर्जन, २० वडा नगर समितिका सचिव राजेश मानन्धर अतिथी रहेका थिए ।

प्रमुख अतिथी प्रा.डा. काफ्लेले कार्यक्रमका स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई सम्मान—पत्र प्रदान प्रदान गरेर सम्मान गरेका थिए।

प्रताप शाहीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन कविना बज्राचार्यले गरेकी थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ