गृहपृष्ठ ∕ प्रदेश १ ∕ बेवारिसे बिरामीको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. शर्माद्वारा उद्धार बेवारिसे बिरामीको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. शर्माद्वारा उद्धार हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक ५ गते, ११:१४ मा प्रकाशित विराटनगर—विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले दर्दनाक अवस्थाको बेवारिसे बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेका छन् । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई डा. शर्माले उद्धार गरेर नोबल अस्पताल ल्याए। आईसियुमा राखेर निःशुल्क उपचार गरेका हुन् । लहान अस्पताल नजिक भेटिएका करिब ४० वर्षीय वेवारिसे पुरुषको अवस्था अत्यन्तै दर्दनाक थियो । उनको दाहिने खुट्टाको हड्डी पूर्ण रुपमा भाँचिएर घुँडाभन्दा मुनीको भाग छालाको भरमा मात्र झुण्डिएको छ । भाँचिएको खुट्टाको उपचार नपाउँदा घाउमा किरा परेर दुर्गन्ध फैलनुका साथै झिंगाले घेरेको थियो । धेरै दिनदेखि भुँइमा लडिरहेका उनको अवस्था अत्यन्तै दर्दनाक थियो । उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा रहेका उनलाई उद्धार गरेर नोबेल ल्याइएको हो । लहान अस्पतालमा कार्यरत डा.बृजेन्द्र कुमार शाहले बेवारिसे बिरामीको अवस्थाबारे शर्मालाई जानकारी गराएर उनको उद्धारमा सहयोग गरेका थिए । गम्भिर अवस्थामा रहेका उनलाई लहान अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नोबेल ल्याइएको थियो । शर्माले आपत र अलपत्र अवस्थामा परेका व्यक्तिलाई सहयोग गर्नु मानवीय कर्तव्य भएकाले सहयोग गरेको बताए । उद्धार गरेर ल्याइएका बिरामीलाई नोबेल अस्पतालको भेन्टिलेटरमा राखिएको छ । चिकित्सकहरुका अनुसार उनको अवस्था गम्भीर छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न