२०८३ कात्तिक ४, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बुलाई जसपाले सरकारबाट फिर्ता बोलायो

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बुलाई जसपाले सरकारबाट फिर्ता बोलायो


विराटनगर—जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई सरकारबाट फिर्ता बोलाएको छ । बुधबार सुनसरीको इटहरीमा बसेको जसपाको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।

लिम्बु एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ मा सहभागी भएकी थिइन् । केन्द्रमा सत्ता गठबन्धन दलमा रहेका दलहरु माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्नेमा कांग्रेसले जोड दिइरहेको थियो ।

जसपाको यो निर्णयसँगै कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ । जसपाले सरकारबाट फिर्ता आउने विषयमा गरेको निर्णयबारे बुधबार नै पत्रकार सम्मेलनमार्फत जानकारी दिन लागेको छ ।

‘हामीले गरेको निर्णय पत्रकार सम्मेलनमार्फत जानकारी दिन्छौं,’ जसपाका प्रदेश अध्यक्ष दिपक याख्खाले भने, ‘अहिले नै सबै कुरा भन्नु जरुरी छैन ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ