२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमाले निकट राष्ट्रिय चिकित्सक संघका महासचिव डा. खरालले दिए राजीनामा

एमाले निकट राष्ट्रिय चिकित्सक संघका महासचिव डा. खरालले दिए राजीनामा


काठमाडौं—नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघका महासचिव डा. पुष्पमणि खरालले राजीनामा दिएका छन् । आइतबार डा. खरालले संगठनको महासचिव र अन्य पार्टीका जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

‘वर्षौपछि आज फर्केर हेर्दा मैले यथास्थितीको अवस्थाबाट देश र जनतालाई सकारात्मक योगदान दिन नसक्ने निचोड निकाले,’ उनले राजीनामा पत्रमा भनेका छन्, ‘मैले अब उप्रान्त राजनीतिको नयाँ अध्याय कोर्ने फैसला गरेको छु ।’

डा. खरालले आफूले स्वास्थ्य क्षेत्रको समग्र विकास, स्वास्थ्य नीतिको समायानुकूल परिमार्जन, चिकित्सक तथा स्वास्थ्यकर्मीको हक अधिकार र आम जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने आधारभूत अधिकारका विषयमा आफूले वकालत गर्दै आएको बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ