२०८२ वैशाख २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १७६औँ पटक रक्तदान

रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १७६औँ पटक रक्तदान


बाँके– रक्तदाता प्रेमसागर कर्माचार्यले १७६औँ पटक रक्तदान गरेका छन् । गत शुक्रवार नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा जिल्लाको राप्ती सोनारी गाउँपालिकामा आयोजित रक्तदान कार्यक्रममा उनले १७६औँ पटक रक्तदान गरेका हुन् ।

स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कर्माचार्यले सर्वाधिक रक्तदान गरी ‘रक्तदाता सम्राट्’ र ‘राष्ट्रिय रक्त नायक’बाट विभूषित भएका थिए ।   उक्त कार्यक्रममा उनलाई दोसल्ला ओढाई, फुलमाल खादा लगाई सार्वजनिक सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल र विशेष अतिथि कर्माचार्यद्वारा संयुक्त रूपमा रक्त सङ्कलन थैली हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका समिति अध्यक्ष दिव्या गुरुङको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष प्रवासकुमार शाक्य, बाँकेका अध्यक्ष दिला शाह, बाँके जिल्ला शाखाका सल्लाहकार एवं पत्रकार  पूर्णलाल चुके र राप्ती सोनारी गाउँपालिका–६ का अध्यक्ष लवराज खरेलको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी जम्मा ९६ जनाले रक्तदान गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ