२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ टिप्स ∕ मधुमेहका बिरामीले तिहारमा यी उपाय अपनाएर लिन सकिन्छ मिठाईको मज्जा

मधुमेहका बिरामीले तिहारमा यी उपाय अपनाएर लिन सकिन्छ मिठाईको मज्जा


नेपालीहरूको महान् चार्ड तिहारको माहोल सुरु हुँदैछ । घर–घरमा तिहारका लागि विभिन्न किसिमका मिठाईजन्य परिकार तथा रोटीका परिकारहरू पाक्दैछन् । मिठाई, बाहिरी खाना आदि चाडपर्वको गौरव मानिन्छ । यस्ता परिकारहरू खाँदा विचार नपुर्‍याइए मधुमेहका बिरामीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ । चाडपर्वमा केही कुरालाई ध्यानमा राखेर मधुमेहका बिरामीले पनि मिठाईको मज्जा लिन सक्छन् ।

यसबारे नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालको इन्डोक्राइनोलजी विभागकी सनियर कन्सल्टेन्ट डा. ऋचा चतुर्वेदीले चाडपर्वमा सावधानीपूर्वक योजना र विकल्पका माध्यमबाट मधुमेहलाई व्यवस्थापन गर्न सकिने बताउँछिन् । उनका अनुसार तिहारमा स्वास्थ्यको ख्याल गरी रमाइलो भङ्ग हुन नदिन मधुमेहका बिरामीले विशेष गरी यी कुरामा ध्यान दिनुहोस् ।

भोजन योजना

अस्वस्थ खानाबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको समयमै खाना खाने योजना हो । यसको मद्दतले, तपाईँ घरबाहिर हुँदा पनि स्वस्थ र पौष्टिक आहार प्राप्त गर्न सक्नुहुनेछ । भोजन योजना बनाउँदा सन्तुलित भोजनको समावेश गर्नु अति उत्तम हुन्छ । यसबाट शरीरलाई आवश्यक पोषक तत्त्वहरू प्राप्त भइरहने र रगतमा ग्लुकोजको मात्रा पनि नियन्त्रणमा रहनेछ ।

कार्बोहाइड्रेटमा ध्यान राख्नुहोस्

कार्बोहाइड्रेटको सेवनले रगतमा चिनीको मात्रा बढाउँछ । त्यसैले चाडपर्वमा कार्बोहाइड्रेटको सेवनमा ध्यान दिन जरुरी छ । साधारण कार्बोहाइड्रेटको सट्टा तपाईँ जटिल कार्बोहाइड्रेटहरू छनौट गर्न सक्नुहुन्छ । जस्तै सम्पूर्ण अन्न, फलफूल र तरकारीहरू, आदि । यसले तपाईँको रगतमा चिनीको मात्रा अचानक बढ्न पाउँदैन ।

चिनीयुक्त पेय पदार्थबाट बच्नुहोस्

चिनीयुक्त पेय खाली क्यालोरी र थपिएको चिनीको प्रमुख स्रोत हो । यसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ । चिनीयुक्त पेयको सट्टा पानी, फिक्का चिया वा फिक्का कफी सेवन गर्नुहोस् । अझै यसको सट्टामा ताजा फलफूलको जुस वा दूध पनि पिउन सक्नुहुन्छ ।

नियमित परीक्षण

चाडपर्वको समयमा मधुमेहका बिरामीले नियमित रगतमा चिनीको परीक्षण गराउनुपर्छ । यसबाट तपाईँ कुनै पनि सम्भावित खतराबाट बच्न सक्नुहुन्छ र आवश्यक भएमा आहार वा औषधिमा परिवर्तन गर्न सक्नुहुन्छ।

समयमा औषधि सेवन गर्ने

मधुमेह रोगीहरूले नियमित रुपमा समयमै औषधि सेवन गर्नु  महत्त्वपूर्ण हुन्छ । चाडपर्वको समयमा चिकित्सकको सल्लाहबमोजिम औषधि लिने र कुनै समस्या आइपरेमा तुरुन्त परामर्श लिनुपर्छ ।

अन्य समाधान

मधुमेहका बिरामीले शारीरिक स्वास्थ्यका गतिविधिहरूमा आफैले ध्यान दिनुपर्छ । त्यस्तै हाइड्रेसनको ख्याल राख्नुहोस्, यस्ता रोगीहरूले तनाव व्यवस्थापन गर्नु निकै महत्त्वपूर्ण हुन्छ । खानेकुराहरू खाँदा परिवार आफन्त, साथीहरू तथा साथीभाइसँग समूहमा बस्ने, किनकि स्वास्थ्यमा केही समस्या उत्पन्न भएको अवस्थामा उद्धारमा सहज हुनेछ ।

नोट: यो लेख सामान्य जानकारीको लागि मात्र हो । यो कुनै पनि हिसाबले कुनै पनि औषधि वा उपचारको विकल्प हुन सक्दैन । थप जानकारीको लागि विशेषज्ञसँग परामर्श लिनुहोस् ।

–एजेन्सीको सहयोगमा 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ