२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्समधुमेहका बिरामीले तिहारमा यी उपाय अपनाएर लिन सकिन्छ मिठाईको मज्जा

मधुमेहका बिरामीले तिहारमा यी उपाय अपनाएर लिन सकिन्छ मिठाईको मज्जा


नेपालीहरूको महान् चार्ड तिहारको माहोल सुरु हुँदैछ । घर–घरमा तिहारका लागि विभिन्न किसिमका मिठाईजन्य परिकार तथा रोटीका परिकारहरू पाक्दैछन् । मिठाई, बाहिरी खाना आदि चाडपर्वको गौरव मानिन्छ । यस्ता परिकारहरू खाँदा विचार नपुर्‍याइए मधुमेहका बिरामीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ । चाडपर्वमा केही कुरालाई ध्यानमा राखेर मधुमेहका बिरामीले पनि मिठाईको मज्जा लिन सक्छन् ।

यसबारे नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालको इन्डोक्राइनोलजी विभागकी सनियर कन्सल्टेन्ट डा. ऋचा चतुर्वेदीले चाडपर्वमा सावधानीपूर्वक योजना र विकल्पका माध्यमबाट मधुमेहलाई व्यवस्थापन गर्न सकिने बताउँछिन् । उनका अनुसार तिहारमा स्वास्थ्यको ख्याल गरी रमाइलो भङ्ग हुन नदिन मधुमेहका बिरामीले विशेष गरी यी कुरामा ध्यान दिनुहोस् ।

भोजन योजना

अस्वस्थ खानाबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको समयमै खाना खाने योजना हो । यसको मद्दतले, तपाईँ घरबाहिर हुँदा पनि स्वस्थ र पौष्टिक आहार प्राप्त गर्न सक्नुहुनेछ । भोजन योजना बनाउँदा सन्तुलित भोजनको समावेश गर्नु अति उत्तम हुन्छ । यसबाट शरीरलाई आवश्यक पोषक तत्त्वहरू प्राप्त भइरहने र रगतमा ग्लुकोजको मात्रा पनि नियन्त्रणमा रहनेछ ।

कार्बोहाइड्रेटमा ध्यान राख्नुहोस्

कार्बोहाइड्रेटको सेवनले रगतमा चिनीको मात्रा बढाउँछ । त्यसैले चाडपर्वमा कार्बोहाइड्रेटको सेवनमा ध्यान दिन जरुरी छ । साधारण कार्बोहाइड्रेटको सट्टा तपाईँ जटिल कार्बोहाइड्रेटहरू छनौट गर्न सक्नुहुन्छ । जस्तै सम्पूर्ण अन्न, फलफूल र तरकारीहरू, आदि । यसले तपाईँको रगतमा चिनीको मात्रा अचानक बढ्न पाउँदैन ।

चिनीयुक्त पेय पदार्थबाट बच्नुहोस्

चिनीयुक्त पेय खाली क्यालोरी र थपिएको चिनीको प्रमुख स्रोत हो । यसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ । चिनीयुक्त पेयको सट्टा पानी, फिक्का चिया वा फिक्का कफी सेवन गर्नुहोस् । अझै यसको सट्टामा ताजा फलफूलको जुस वा दूध पनि पिउन सक्नुहुन्छ ।

नियमित परीक्षण

चाडपर्वको समयमा मधुमेहका बिरामीले नियमित रगतमा चिनीको परीक्षण गराउनुपर्छ । यसबाट तपाईँ कुनै पनि सम्भावित खतराबाट बच्न सक्नुहुन्छ र आवश्यक भएमा आहार वा औषधिमा परिवर्तन गर्न सक्नुहुन्छ।

समयमा औषधि सेवन गर्ने

मधुमेह रोगीहरूले नियमित रुपमा समयमै औषधि सेवन गर्नु  महत्त्वपूर्ण हुन्छ । चाडपर्वको समयमा चिकित्सकको सल्लाहबमोजिम औषधि लिने र कुनै समस्या आइपरेमा तुरुन्त परामर्श लिनुपर्छ ।

अन्य समाधान

मधुमेहका बिरामीले शारीरिक स्वास्थ्यका गतिविधिहरूमा आफैले ध्यान दिनुपर्छ । त्यस्तै हाइड्रेसनको ख्याल राख्नुहोस्, यस्ता रोगीहरूले तनाव व्यवस्थापन गर्नु निकै महत्त्वपूर्ण हुन्छ । खानेकुराहरू खाँदा परिवार आफन्त, साथीहरू तथा साथीभाइसँग समूहमा बस्ने, किनकि स्वास्थ्यमा केही समस्या उत्पन्न भएको अवस्थामा उद्धारमा सहज हुनेछ ।

नोट: यो लेख सामान्य जानकारीको लागि मात्र हो । यो कुनै पनि हिसाबले कुनै पनि औषधि वा उपचारको विकल्प हुन सक्दैन । थप जानकारीको लागि विशेषज्ञसँग परामर्श लिनुहोस् ।

–एजेन्सीको सहयोगमा 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ