२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सछाती पोल्ने समस्या समाधान गर्ने उपाय

छाती पोल्ने समस्या समाधान गर्ने उपाय


बद्लिँदो जीवनशैलीका कारण हाम्रो शरीरमा विभिन्न किसिमका समस्याहरू देखा पर्छन् । खराब खानपान र जीवनशैलीकै कारण हरेक मानिसमा एक न एक स्वास्थ्य समस्याहरू झेल्न बाध्य छन् । पछिल्लो समय धेरै मानिसमा छाती पोल्ने समस्या धेरै सामान्य समस्या बन्दै गएको छ । यो समस्या प्रायः फास्टफुड खाने कारणले हुन्छ ।

हामीले धेरै मसलादार खाना खायौँ भने छातीमा जलन महसुस हुन थाल्छ । यस्तो अवस्थामा मानिसहरू औषधिको सहारा लिन्छन् तर धेरै औषधि सेवन गर्नु पनि शरीरका लागि राम्रो हुँदैन । घरमा पाइने केही सुपरफुडको सहायताले पनि मुटुको जलनलाई शान्त पार्न सकिन्छ ।

ओट्स

ओट्समा उच्च मात्रामा फाइबर हुन्छ । जसले पाचनलाई स्वस्थ राख्छ । यसका साथै यसले पेटको एसिडिटी घटाएर हार्ट बर्न हुने सम्भावना पनि कम गर्छ ।

दही

एसिडिटीका कारण छातीमा जलन भएमा दहीको सेवन गर्न सक्नुहुन्छ । दहीमा प्रचुर मात्रामा प्रोबायोटिक्स पाइन्छ । जसले आन्द्रालाई स्वस्थ राख्छ । यसको सेवनले हार्ट बर्नको समस्या हटाउँछ ।

अदुवा

अदुवामा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ । यसले छाती पोल्ने समस्या मात्रै नभएर अन्य धेरै समस्याहरू हटाउन फाइदाजनक मानिन्छ । पेट सम्बन्धी समस्या र राम्रो पाचनमा अदुवा निकै उपयोगी हुन्छ । मुटु जल्ने समस्या छ भने अदुवाको सेवन गर्नु फाइदाजनक हुन्छ ।

केरा

केराले एसिडिटी कम गर्न मद्दत गर्छ । जसका कारण मुटुको दुखाईको समस्या हट्छ ।

नोट: यो लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू सामान्य जानकारीका लागि मात्र हो । यसबारे अन्य प्रश्न वा जानकारी लिन चाहनुहुन्छ भने चिकित्सकसँग सल्लाह लिनुहोस् ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ