२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सशरीरमा यी ४ भिटामिनको कमीका कारण आउन सक्छ छालामा समस्या

शरीरमा यी ४ भिटामिनको कमीका कारण आउन सक्छ छालामा समस्या


जाडो मौसममा छाला फुट्ने र सुख्खा हुने समस्या हुन्छ । यस समयमा धेरैको ओठ फुट्ने समस्या पनि हुन्छ । जाडो मौसममा हुने यी समस्या धेरै सामान्य हुन् । तर, अलिकति सावधानी अपनाएमा यस्तो समस्यालाई सजिलै समाधान गर्न सकिन्छ । कतिपयको लागि यो समस्याले निकै ठूलो रूप लिन्छ । फुटेको र सुख्खा ओठले हाम्रो सौन्दर्यलाई मात्र असर गर्दैन तर निकै पीडादायी पनि हुन्छ ।

जाडो मौसममा हामी प्रायः यस्तो समस्याको सिकार हुन्छौँ । तर यस्ता समस्याले शरीरमा भिटामिनको कमी भएको पनि संकेत गर्छ । आज यो लेख मार्फत हामी तपाईँलाई ४ भिटामिनको बारेमा बताउन गइरहेका छौँ । जसको कमीले तपाईँको ओठको स्वास्थ्य बिगार्छ ।

भिटामिन बि–२

भिटामिन बि–२ को कमीले हाम्रो कपाल, नङ, छाला र ओठको स्वास्थ्य बिग्रन सक्छ । भिटामिन बी–२ लाई रिबोफ्लेविन पनि भनिन्छ । यसको कमीका कारण तपाईँले आफ्नो मुख वा ओठमा छालाहरू देख्न सक्नुहुन्छ । यसको आवश्यकता पूरा गर्न तपाईँ डेरी उत्पादनहरू, सिमी, नट र हरियो सागसब्जी सेवन गर्नुपर्छ ।

भिटामिन बि–३

शरीरमा भिटामिन बी–३ को कमीका कारण तपाई सुक्खा ओठ फुट्ने समस्याको हुन सक्छ । यो भिटामिनको कमीका कारण छालाको समस्या पनि हुन सक्छ । भिटामिन बी–३ लाई नियासिन पनि भनिन्छ । यसको कमी हुन नदिन आहारमा दूध र सागपात समावेश गर्न सक्नुहुन्छ ।

भिटामिन बि–६

यदि तपाईँको शरीरमा भिटामिन बि–६ को कमी छ भने, यसले तपाईँको मुख भित्रको छालामा दरार पैदा गर्छ । यसबाहेक भिटामिन बी–६ को कमीले पनि ओठ फुट्न सक्छ । यसलाई पाइरिडोक्सिन नामले पनि चिनिन्छ । यसलाई पूरा गर्न तपाईँ सम्पूर्ण अन्न, फलफूल र मासु आदि उपभोग गर्न सक्नुहुन्छ ।

भिटामिन ए

यदि तपाईँको शरीरमा भिटामिन ए को कमी छ भने यसले तपाईँको छालाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । भिटामिन ए को कमीले गर्दा ओठ सुक्खा र फुट्ने अनुभव हुन सक्छ । यसलाई पूरा गर्न तपाईँले आफ्नो आहारमा गाजर, चुकन्दर, टमाटर र ओमेगा–घ फ्याटी एसिड समावेश गर्न सक्नुहुन्छ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ