२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहामारीचीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै

चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै


चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले नयाँ प्रकारको नोभेल कोरोना भाइरस विरुद्ध खोप विरुद्ध खोपको अनुसन्धान भईरहेको जनाएको छ। उक्त केन्द्रका भाइरल रोग नियन्त्रण तथा रोकथाम संस्थाका प्रमुख जु वेन्बोलेले भने, “चीनमा व्यापकरुपमा फैलीरहेको कोरोना भाइरसको विरुद्ध खोपको अनुसन्धान भइरहेको छ।

चाइना डेलीले रिपोर्टको अनुसार, केन्द्रका वैज्ञानिकहरूले तनावग्रस्त बनाएको भाइरसलाई सफलतापूर्वक हटाउने खोप उत्पादनका लागि काम गरिरहेका छन्।पछिल्लो तथ्याङ्क अनुसार, नोभेल कोराना भाइरसबाट २ हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ५६ पुग्यो।

चिनियाँ अधिकारीहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई डिसेम्बर ,३१, 2019 मा मध्य चीनको वुहानमा ११ लाख भन्दा बढी जनसंख्या भएको विशाल व्यापार र औद्योगिक केन्द्रमा निमोनियाको प्रकोपको बारेमा सूचित गरे। यस (2019-nCoV)कोराना भाइरसलाई भने जनावरी ७मा पहिचान गरियो। (डब्ल्यूएचओ)ले भाइरसको प्रकोपलाई चीनको लागि एक राष्ट्रिय आपतकालको रूपमा मान्यता दियो तर अहिलेसम्म यसलाई विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा भने गरिएको छैन। – एजेन्सी


क्याटेगोरी : विश्व, महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ