२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविश्वभाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन

भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन


चीन प्रशासन अबको ६ दिनभित्र कोराना भाइरस पिडितको लागि एक हजार बेड अट्ने अस्पताल निर्माणको कार्यमा जुटेको छ। उक्त अस्पताल निर्माणमा करिब २ सय मानिस रात-दिन नभनी खटिरहेका छन्। सिन्हुवाको खबर अनुसार, यस अस्थायी स्ट्रक्चरमा आधिरित यस अस्पतालको निर्माण कार्य तिव्ररुपमा थालिएको छ।

शनिबार रातिबाट केडियन जिल्लाको एक जमिनमा निर्माण कार्य शुरु गरिएको थियो। उक्त जमिनमा ट्रक र खन्ने उपकरण जम्मा गरी काम शुरु गरिएको हो। राज्यको ब्रोडकस्टर सिसिटिभीद्वारा एक फुटेज पनि जारी भएको थियो। उक्त जारी फुटेजमा निर्माणस्थलभित्र लाइनिंग सामग्री राख्ने डोजर र माटो खन्ने काम शुरु भएको देख्न सकिन्छ।

रिपोर्टकोअनुसार, अधिकारी चांडै यस पुरा अस्पतालको खाका पनि जारी गर्नेछ। हालै यस भवन बनाउनको लागि चार सरकारी-संचालित फर्म, चाइना कंस्ट्रक्शन थर्ड इञ्जिन्यरिङ्ग ब्यूरो, वुहान कंस्ट्रक्शन इञ्जिन्यरिङ्ग ग्रुप, वुहान म्यूनिसिपल इञ्जिन्यरिङ्ग डिज़ाइन एण्ड रिसर्च इंस्टीट्यूट र साथै वुहान ह्येन म्यूनिसिपल कंस्ट्रक्शन ग्रुपलाई जिम्मा दिईएको छ।

‘नोभेल‘ कोरोना भाइरस (nCoV 2019)’बाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५६ पुगेको छ। करिब २ हजार जना कोराना भाइरसबाट संक्रमित छन् भने मृत्यु हुने संख्या ५६ पुगेको चीनको स्वास्थ्य आयोगले जनाएको छ।

– एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ