२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सजाडोमा सलगम खानुका अचम्मका फाइदाहरू

जाडोमा सलगम खानुका अचम्मका फाइदाहरू


जाडो मौसममा धेरै प्रकारका तरकारी पाइन्छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी मध्ये एक हो सलगम । जुन मौसमी रोगहरूबाट बचाउन मद्दत गर्दछ । यसको सेवनले शरीरमा भिटामिन सी, भिटामिन के, पोटासियम जस्ता पोषक तत्त्वको कमी हट्छ । तपाईँ दैनिक यसलाई आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ । यसलाई सलाद, तरकारीको वा जुस जुन तरिकाबाट पनि सेवन गर्न सकिन्छ । यसका फाइदाहरू हेर्नुहोस् ।

उच्च रक्तचाप रोगीहरूको लागि

उच्च रक्तचापका बिरामीका लागि सलगम निकै फाइदाजनक हुन्छ । यसमा नाइट्रेट पाइन्छ । जसले स्वास्थ्यलाई धेरै किसिमले फाइदा गर्छ । यसले उच्च रक्तचापलाई सामान्य बनाउन मद्दत गर्छ । सलगमले रगतमा प्लेटलेट्सलाई एकैठाउँ थुप्रिनबाट पनि रोक्छ ।

आँखाका लागि फाइदाजनक

सलगममा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुन्छ । यसमा पाइने ल्युटिन आँखाका लागि फाइदाजनक हुन्छ । यसको सेवनले आँखा स्वस्थ राख्छ । यसका अलावा मोतीबिन्दु र म्याकुलर डिजेनेसन जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

तौल घटाउन मद्दत गर्छ

शरीरको तौल घटाउन सलगम लाभदायी मानिन्छ । यसको सेवनले मेटाबोलिजम बढ्छ । जसले गर्दा तौल घट्छ । यसमा पाइने लिपिडले शरीरमा जम्मा भएको बोसोलाई कम गर्छ ।

पाचनका लागि लाभदायक

सलगम फाइबरको समृद्ध स्रोत हो । यो खाँदा पाचन सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । यसको सेवनले कब्जियतबाट छुटकारा पाउन सकिन्छ भने धेरै भोग लाग्न पनि दिँदैन ।

मुटुको स्वास्थ्यलाई बढवा दिन्छ

सलगममा भिटामिन के पर्याप्त मात्रामा पाइन्छ । यसलाई मुटुको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढ्छ ।

गर्भवती महिलाहरूका लागी लाभदायक

सलगम भिटामिन बि९ को एक समृद्ध स्रोत हो । जुन गर्भवती महिलाका लागि आवश्यक हुन्छ । यो आमा र गर्भमा रहेको बच्चाको लागि धेरै लाभदायक छ । यदि तपाई आमा बन्न लाग्नु भएको छ भने आफ्नो आहारमा सलगम समावेश गर्न सक्नुहुन्छ ।

नोट: यो लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू सामान्य जानकारी उद्देश्यका लागि मात्र हुन् । यसलाई व्यावसायिक चिकित्सा सल्लाहको रूपमा व्याख्या गरिनु हुँदैन । यसबारे अन्य जानकारीका लागि चिकित्सकसँग सल्लाह लिनुहोस् ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ