गृहपृष्ठ ∕ समाचार ∕ तेस्रो पटक पनि बाटोमै सुत्केरी ! तेस्रो पटक पनि बाटोमै सुत्केरी ! हेल्थ आवाज बुधबार, २०८० मंसीर २० गते, १६:१४ मा प्रकाशित काठमाडौं– बाजुरामा एक सुत्केरी महिलाले बाटोमै सन्तानलाई जन्म दिएकी छन् । बुढीनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ वर्षीया पानसरा रोकायाले तेस्रो सन्तानका रुपमा बाटोमै छोरीको जन्म दिएकी हुन् । मङ्गलवार घाँस दाउरा गर्ने क्रममा जङ्गल पुगेकी पानसराले छोरीलाई जन्म दिएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले बताएकी छन् । आफू आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा पानसराले बच्चा पाइरहेको अवस्थामा देखेपछि उनलाई स्वास्थ्य चौकी लगिएको उनले बताइन् । उनले भनिन्– ‘म आउँदै गर्दा पानरसा बाटोमै एक्लै बच्चा पाउँदै गरेको अवस्थामा थिइन् । अत्याधिक रक्तस्राव भएकोले बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगिएको हो ।’ उनको यो भन्दा पहिला एक छोरा र एक छोरी रहेका थिए । पानसराले तिनै सन्तान बाटोमै जन्मिएको उनले बताइन् । पानसरा मात्र नभई धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन् । बाजुरामा ४ वर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भ जाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउँदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताए । बाजुरामा तथ्याङ्क कुनै नभए पनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन सेती अस्पताललाई केन्द्रीय अस्पताल बनाउन सुदूरपश्चिम प्रदेश सरकारको प्रस्ताव ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन सेती अस्पताललाई केन्द्रीय अस्पताल बनाउन सुदूरपश्चिम प्रदेश सरकारको प्रस्ताव ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति