गृहपृष्ठ ∕ समाचार ∕ तेस्रो पटक पनि बाटोमै सुत्केरी ! तेस्रो पटक पनि बाटोमै सुत्केरी ! हेल्थ आवाज बुधबार, २०८० मंसीर २० गते, १६:१४ मा प्रकाशित काठमाडौं– बाजुरामा एक सुत्केरी महिलाले बाटोमै सन्तानलाई जन्म दिएकी छन् । बुढीनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ वर्षीया पानसरा रोकायाले तेस्रो सन्तानका रुपमा बाटोमै छोरीको जन्म दिएकी हुन् । मङ्गलवार घाँस दाउरा गर्ने क्रममा जङ्गल पुगेकी पानसराले छोरीलाई जन्म दिएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले बताएकी छन् । आफू आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा पानसराले बच्चा पाइरहेको अवस्थामा देखेपछि उनलाई स्वास्थ्य चौकी लगिएको उनले बताइन् । उनले भनिन्– ‘म आउँदै गर्दा पानरसा बाटोमै एक्लै बच्चा पाउँदै गरेको अवस्थामा थिइन् । अत्याधिक रक्तस्राव भएकोले बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगिएको हो ।’ उनको यो भन्दा पहिला एक छोरा र एक छोरी रहेका थिए । पानसराले तिनै सन्तान बाटोमै जन्मिएको उनले बताइन् । पानसरा मात्र नभई धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन् । बाजुरामा ४ वर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भ जाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउँदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताए । बाजुरामा तथ्याङ्क कुनै नभए पनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट चीनमा १७ वर्षको व्यक्तिमा देखियो अल्जाइमर ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट चीनमा १७ वर्षको व्यक्तिमा देखियो अल्जाइमर