गृहपृष्ठ ∕ समाचार ∕ कम्मर दुख्ने ११ कारण कम्मर दुख्ने ११ कारण प्रा.डा. अशोकरत्न बज्रचार्य हाड जोर्नी रोग विशेषज्ञ बिहीबार, २०८१ कात्तिक २२ गते, १०:४९ मा प्रकाशित ढाडको हड्डीमा कुनै किटाणुले संक्रमण गरेमा पनि कम्मर दुख्छ । त्यस्तो अवस्थामा ज्वरो आउने, जिउ सिथिल हुने जस्ता लक्षण हुन्छन् । हाम्रो देशमा विशेष गरी हड्डीमा क्षयरोगका किटाणुले संक्रमण गरेर यो समस्या देखिने गरेको छ । त्यसैगरी रजस्वला बन्द भएपछि अधबैँसे महिलामा पनि ढाड दुख्ने समस्या देखिन्छ । त्यस्तै, ढल्कदो उमेरमा शरीरभित्र हुने हर्मोनको परिवर्तन, पोषणमा कमी र शारीरिक गतीविधिले पनि ढाडको समस्या हुन्छ । यी कुराले हाडको क्याल्सियम र कडापना दिने पदार्थ गुम्न गई दुखाइ बढ्छ । ढाडको हाड दायाँ या बायाँ बांगो भयो भने पनि कसैकसैलाई कम्मर दुख्ने गर्दछ । विशेष गरी किशोर अवस्थामा केटीमा यो समस्या देखिने गरेको छ । कम्मरको हाडको पछाडिको भाग छुट्टिएको अवस्थामा पनि ढाडको दुखाइ हुन सक्छ । प्राय:गरी खेलाडीमा, गह्रो भारी उठाउनेमा यो समस्या हुन सक्छ । यो कारणले ढाडमा मात्र नभएर खुट्टासम्म दुखाइ हुन सक्छ । हाडभित्रको ढुंग्रो साँगुरियो भने त्यहाँ रहने नसालाई ठाउँ सानो हुन्छ, त्यस अवस्थामा कम्मर दुख्ने, साथै खुट्टा पनि दुख्छ । ५० वर्ष नाघेका मानिसमा यस्तो समस्या देखिन सक्छ । समतल ठाउँमा हिँड्दा दुख्ने, खुट्टा झमझमाउने गर्छ भने आराम गर्दा केहीछिनमा आफैँ ठीक हुन्छ र पुन: हिँड्दा दुख्न थाल्छ । ट्युमर भएको अवस्थामा पनि कम्मरको दुखाइ हुन्छ । यस्तो समस्या १० हजारमा १ जनालाई हुन्छ भनिन्छ । ट्युमर दुई किसिमका हुन्छन्, हानि गर्ने र नगर्ने । हानि गर्ने चाँडो बढ्छ र दुखाउँछ, यसबाट उत्पन्न हुने कम्मरको दुखाइ लगातार भइरहन्छ । यसको उपचार शल्यक्रिया मात्र हो । उमेर ढल्कँदै जाँदा कम्मरको हाडको जोर्नी र डिक्स बीचको प्रयोगले बाथका रूपमा देखिन्छ र दुखाउन थाल्छ । तर, यस्तो दुखाइ सबैलाई नहुन पनि सक्छ । विशेष गरी बिहान उठ्नसाथ र पछि बिस्तारै चाल बढ्दै जाँदा आफैँ ठीक हुन्छ । ढाडको प्रज्वलन भएर बिस्तारै ढाड नै एकढिक्का भएर कुप्रो पर्न जाने हुन्छ । विशेष गरी २० देखि ३० वर्षका युवामा यसको समस्या हुन सक्छ । यसको दुखाइ कम्मरको तल्लो भाग, नितम्ब र तिघ्राको पछाडिसम्म पनि फैलिने हुन्छ । विशेषगरी बिहानीपख बढी दुख्छ । बाथका कारणले पनि ढाड दुखाइ हुन्छ । शरीरको आन्तरिक गडबडीले यसलाई प्रभाव पार्छ । कसैकसैलाई ३० वर्षको उमेर पछि डिक्समा पानीको भाग घट्छ र लचिलो हुन्छ । ४० वर्ष पछि क्याल्सीयम पनि थपिन जान्छ र डिक्स नै हाड बन्न सक्छ । यस्तो हुदा कसैलाइृ दुख्छ भने कसैलाई केही पनि हुदैन । कहिलेकाही अगाडी निहुरीएको अवस्थामा एकापटी बढी निहुरीदा अकास्मत झड्का पर्यो वा धेरै वजन उठायो भने डिक्स कुचिन गई उछिटिन्छ र दुख्छ । तर कसैकसैलाई विस्तारै अलिअलि गर्दै डिक्स उछिटिन्छ । यस्तो चाही प्राय हुने धपेडी, भारी उचाल्दा खेरी स–साना चोटहरु थुप्रीएर यस्तो हुन सक्छ । यस्तो हुदा सुरुमा कम्मर ज्यादै दुख्छ पछि खोक्दा, हाच्छ्यु गर्दा वा दिसामा कन्दा दुखाइ खुट्टा सम्म पनि सर्न थाल्छ । यी सबै कारणले सामान्यदेखि धेरै दुखाइ हुन सक्छ । त्यस्तै, कम्मरको हाड भाँचिएको कारणले पनि कम्मर दुख्छ । यदि यसको कारण चोट नै हो भने चिकित्सकसँग सल्लाह लिई आराम गर्ने, धधऔषधि खाने, पेटीको प्रयोग गर्ने वा शल्यक्रियासमेत गर्नुपर्ने हुन सक्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’… त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ६ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व जीन सिक्वेन्सिङ अब नेपालमै समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व जीन सिक्वेन्सिङ अब नेपालमै समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान