२०८३ जेठ २२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व

नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व


काठमाडौं—नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्री (एनएसीसी)को नयाँ कार्यसमिति चयन भएको छ । २१ मेमा ललितपुरस्थित द स्क्वायर होटलमा भएको एशोसिएसनको छैटौं वार्षिक महाधिवेशनले प्रा.डा. प्रबोध रिसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्ष प्रा.डा. माधव लम्साल, वरिष्ठ उपाध्यक्षमा डा. विजयकुमार शर्मा चयन भएका छन् । यस्तै, उपाध्यक्षमा डा. रामविनोद महतो, महासचिवमा डा. सन्तोष प्रधान निर्वाचित भए । यसैगरी, कोषाध्यक्षमा राजुकुमार दुवे, सचिवमा डा. रन्जन सुवाल चयन भएका छन् ।

सदस्यहरुमा डा. अस्मिता पोखरेल, डा. विजय मिश्र, डा. विनिता भट्टराई, डा. रचना पाण्डे, डा. सरोज थापा, डा. विवेक पन्त, डा. रितु बस्याल, बसन्त गेलाल, दिपक महासेठ, ललितनारायण यादव, मनोज सिग्देल, नारायण गौतम र तपेश्वर यादव निर्वाचित भएका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ